सल्यानमा नास्पतिको रुखबाट खसेर एकको मृत्यु

Posted on: 28 Jul, 2017

इन्द्र ब बुढाथोकी/साउन १३, सल्यान । सल्यान बनगाड कुपिन्डे नगरपालिकामा नास्पातिको रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका ३ काभ्रा का अन्दाजी ४७ वर्षका चन्चल पुनको मृत्यु भएको हो । पुन घर नजिकैको नास्पति टिप्ना गएको वेला साढे एक बजेतिर रुखबाट खसेर मृत्यु भएको हो । 

रुखबाट खसेको वेला सामान्य शास भएपनी नजिकै हस्पिटल नहुदा पुनको मृत्यु भएको हो । पुनका श्रीमती, ३ छोरा र २ छोरी छ्न ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!