१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँचजना पक्राउ

२६ फाल्गुन २०८१, सोमबार १२:५१

काठमाडौँ | काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज उक्त घट्नामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो ।

यही फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बाग्मती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०-३५ वर्षकी महिलाको शव फेला परेको थियो । उक्त सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गई शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिहरुको संलग्नता खुल्न आएको थियो ।

उपत्यकाका विभिन्न स्थानबाट पाँचैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक