२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

१०७ औँ लक्ष्मी जयन्तीमा कविता र खेलकुद

१७ कार्तिक २०७२, मंगलवार २२:०७

कात्तिक १८, तेह्रथुम । केही वर्ष यता कला, साहित्य र खेलकुदका क्षेत्रमा क्रियाशील रहँदै आएको तेह्रथुमको ईवा गाविसमा अवस्थित चम्किलो तारा युवा क्लबले यसवर्षको लक्ष्मी जयन्तीका अवसरमा खुल्ला कविता गोष्ठी सहित शुभकामना आदानप्रदान, खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाली साहित्यका महाकवि स्व.लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्म जयन्तीका अवसरमा कार्तिक २३, २४ र २५ गते कविता गोष्ठी, नृत्य प्रतियोगिता र अन्डर सेभेन्टिन पुरुष फुटबल प्रतियोगिताका साथमा मनोरन्जनात्मक कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष रत्नबहादुर कालिकोटेले जानकारी दिनुभयो । जयन्तीका अवसरमा आयोजित कविता गोष्ठीमा जो कोहीले पनि नेपाली भाषामा लेखिएका कविता बाचन गर्न पाउनेछन् । गोष्ठीमा उत्कृष्ट कवितालाई पुरस्कार र प्रमाण–पत्रको व्यवस्था गरिएको छ । यस्तै नृत्य प्रतियोगितामा पनि ह्वाकु, ईवा र छातेढुंगाका विभिन्न संघसंस्था, क्लब र कलाकारहरुको सहभागिता रहनेछ । यस्तै अन्डर सेभेन्टिन फुटबलमा गाविसका ९ वटा वडाका खेलाडी बीच प्रतिष्पर्धा गराईने क्लबका सल्लाहकार तथा जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष नरेन्द्रकुमार ईङनामले बताउनुभयो ।

वि.स.२०६७ सालमा स्थापित क्लबले २०६९ सालबाट ‘विकसन’ नामक साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ । मोफसलबाट पत्रिका प्रकाशन गर्न निकै चुनौती पुर्ण भएपनि गाउँमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने ध्येयले पत्रिका प्रकाशनको प्रयत्न गरिएको सम्पादक प्रकाश धौलाकोटीले बताउनुभयो । पत्रिका प्रकाशनका लागि यस क्षेत्रका साहित्य तथा शिक्षाप्रेमीहरुले सहयोग गरेका छन् । नेपाली साहित्यकै क्षेत्रमा पनि निकै अगाडि देखिएको यसक्षेत्रमा अहिले पनि गाउँदेखि केन्द्रसम्म रहेर दर्जनौँ कवि तथा श्रष्टाहरु क्रियाशील सृजना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प