२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्सा सीडीओ कार्यालयभित्रै मिटरब्याज पीडितद्वारा आत्महत्या प्रयास

२०८१, २६ फाल्गुन सोमबार १६:२०

वीरगञ्ज  | पर्साको वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय (सीडीओ अफिस)मै एक मिटरब्याज पीडितले आत्मदाह गर्ने प्रयास गरेका छन् ।

बाराको पचरौता नगरपालिका ४ घर भई हाल वीरगञ्ज २४, रामगढवामा बस्दै आएका करिब ६० वर्षीय बृजकिशोर प्रसाद साहले प्रशासन कार्यालयमै आत्मदाहको प्रयास गरेका हुन् ।

न्याय नपाएको गुनासो गर्दै साहले विषादी सेवन गर्नुका साथै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । शरिरमा आगो लगाउन खोज्दा देखेका सशस्त्र प्रहरीले रोकेका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साहलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिए । उनका अनुसार साहको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएको छ ।

घटनास्थलमा पीडित साहले लेखेको पत्र भेटिएको छ । जसमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गरेको थिएँ । तर, जब मैले पैसा तिर्न खोजेँ, पीडकले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको छ । प्रहरी पनि उनकै पक्षमा देखिएको छ । त्यसैले आत्मदाहको बाटो रोज्न बाध्य भएँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ