2026-09-20 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोराभित्रबाट महिला शव फेला: धूप बालेर २ दिनसम्म कोठामै लुकाए गन्हाउन थालेपछि बागमतीमा फाले

खुलेन मृतकको पहिचान

काठमाडौँ | शनिबार बिहान साढे ११ बजेतिर प्रहरी कन्ट्रोलमा एउटा रहस्यमय सूचना प्राप्त भयो— “बागमती नदीमा बोराभित्रबाट महिलाको हात निस्किएको छ।” गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती नदीमा पूजा गर्न गएका एक व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्ला प्रहरी परिसर, र प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुग्यो। खोलाबाट शव निकाल्दा महिलाको शरीर बोराभित्र कपडाले बेरिएको थियो भने खुट्टा प्लास्टिकको टेपले बाँधिएको अवस्थामा फेला पर्यो। प्रारम्भिक अनुसन्धानमा प्रहरीले हत्या गरेर शव फालिएको हुनसक्ने निष्कर्ष निकालेको थियो।

प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गरी अनुसन्धान अघि बढायो। वडा कार्यालयको सीसीटीभी फुटेजमा शव बोकेर लैजाँदै गरेको दृश्य देखिन्थ्यो। एक जना अगाडि थिए भने चार जनाले बोरा बोकेका थिए। उनीहरूले शव नदीमा फालेपछि फर्किएको देखियो। त्यसपछि उनीहरू शिवचोक नजिकैबाट हिँडेका थिए। चार जना पुल तरेर राधाकृष्ण मन्दिर नजिकैको गाई फार्मको टहरामा पुगेका थिए भने एक युवती सिन्धुपाल्चोकतर्फ गएकी देखिन्थिन्।

प्रहरीले ती चार जनाको खोजी तीव्र पार्यो। अनुसन्धानकै क्रममा एक स्थानीय महिलाले प्रहरीलाई ती व्यक्तिहरू नजिकै बस्ने बताइन्। त्यसपछि प्रहरीको टोली गोठाटारको एक कोठामा पुग्दा तीन युवक र एक नाबालक सुतेको अवस्थामा फेला परे। प्रहरी टोलीले शनिबार राति साढे १० बजेतिर उनीहरूलाई नियन्त्रणमा लियो।

नाबालकले प्रहरीलाई सम्पूर्ण घटनाबारे बयान दिए। उनका अनुसार घटना पूजाको कोठामा भएको थियो। पूजासँगै मृतक महिला र दुई जना पुरुष रातभर बसेका थिए। उनीहरूले रक्सी सेवन गरेका थिए। भोलिपल्ट बिहान पूजाले महिलाको शव देखेपछि साथीहरूलाई बोलाइन्। त्यसपछि उनीहरूले शव व्यवस्थापन गर्ने निर्णय गरे। शवलाई बोराभित्र राख्नका लागि खुट्टामा प्लास्टिकको टेप बाँधिएको थियो।

नाबालककै बयानका आधारमा प्रहरीले सिन्धुपाल्चोक गएकी पूजा परियार र माकलबारीतर्फ लागेका पेम्बा तामाङ को खोजी सुरू गर्‍यो। आइतबार पूजा परियार सिन्धुपाल्चोकबाट काठमाडौं फर्किरहेको अवस्थामा लोकन्थलीमा पक्राउ परिन्। प्रहरीले पक्राउ परेका सबैलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले घटनामा संलग्न सबै जनालाई पक्राउ गरिसकेको जानकारी दिए। तर, मृतक महिलाको पहिचान भने अझै खुलेको छैन।

पक्राउ पर्नेहरूमा सर्लाहीका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, एक नाबालक, सिन्धुपाल्चोककी २० वर्षीया पूजा परियार र मकवानपुरका १९ वर्षीय पेम्बा तामाङ रहेका छन्।

पूजा र ती महिलाबीच घटनाको केही दिनअघि मात्रै एउटा होटेलमा भाँडा माझ्ने काम गर्दा भेट भएको थियो। ती महिला पनि रक्सी खान्थिन्। पूजाले उनलाई दिदी भनेर बोलाउने गरेको र ओखलढुंगातिर घर भनेको बताए पनि आफूले नामसमेत थाहा नपाएको बयान दिएकी छन्। फागुन २० गते दिउँसो गोठाटारको खाजा पसलमा रक्सी खाएर पूजाको कोठामा फर्किएको उनीहरूको बयान छ। पूजा, कैलाश र सुरेश भने मृतक महिलासँगै रक्सी खाएर बसेका थिए।

कैलाश र सुरेशले राति ती महिलासँग शारीरिक सम्पर्क राखेको र त्यस क्रममा उनी बेहोस भएपछि राति नै कोठाबाट भागेर गोठाटार पुगेको बयान दिएका छन्।  पूजाले भने सोही कोठामा रक्सीको नसामा सुतेकाले एकैपटक भोलिपल्ट बिहान मात्रै ब्युँझिएको बताएकी छन्। भोलिपल्टसँगै सुतेकी महिलालाई मृत देखेपछि अरूलाई बोलाएको बताएकी छन्।

घटनाका आरोपीहरूले शवलाई कोठामा दुई दिनसम्म राखेका थिए, गन्हाउँछ भनेर धूप समेत बालेका थिए। शव गन्हाउन थालेपछि बोरामा हालेर राति ४ बजेतिर बागमती नदीमा फालिएको बयान दिएका छन्।

प्रहरीले मृतक महिलाबारे थप जानकारी खोज्न ओखलढुंगासम्म परिपत्र पठाएको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ। पक्राउ परेका मध्ये दुई जना यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो