साउन १३, सिरहा । मिर्चैया नगरपालिकामा रहेको डिप ट्युबेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । 

मिर्चैया नपा ६ मा अवस्थित डिप टुवेल लाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, सिरहा । मिर्चैया नगरपालिकामा रहेको डिप ट्युबेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । 

मिर्चैया नपा ६ मा अवस्थित डिप टुवेल लाम"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा डिप ट्युबेल संचालन नहुँदा किसान मर्कामा

२०७४, १३ श्रावण शुक्रबार १२:५५

साउन १३, सिरहा । मिर्चैया नगरपालिकामा रहेको डिप ट्युबेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । 

मिर्चैया नपा ६ मा अवस्थित डिप टुवेल लामो समयदेखि बन्द रहेको भएपनि सम्बन्धित निकायले चासो नदिँदा किसानहरु थप समस्यामा परेका छन् । समयमा बर्षा नभएकाले खडेरी पर्ने प्रबल सम्भाबना रहेको बेला धान रोपाईका लागि डिप ट्युववेल संचालन गर्न पटक पटक आग्रह गरेपनि सम्बन्धित निकायले कुनै चासो नदिएको किसानहरुको आरोप रहेका छन् । 

आयोजनाले लामो समयदेखि बिद्युत महशुल नबुझाएकोले बिद्युत प्राधिकरणले लाइन काटेको समेत किसाानहरुले आरोप लगाए । आफुहरुले रु. १५ प्रतियुनिटका दरले रकम आयोजनालाई बुझाएको भएपनि बिद्युत प्राधिरणमा नबुझाएकोले लाइन काटेकाले आफुहरु धान रोपाइर्को सिजनमा पनि पानीबाट बन्चित रहेको किसानहरु दुखेको पोखे । यस आयोजनाले मिर्चेया बडा नं. ५, ६ र १० का कृषकहरु लाभान्वित भईरहेका छन् ।

यता, डिप ट्युववेल आयोजना मिर्चैयाका अध्यक्ष धिरेन्द्र प्रसाद साह (ललन) ले बिद्युतको समस्या नरहेको भन्दै मेसिनको प्यानल बोर्डमा खराबी आएकोले भुमिसुधार कार्यालय डिभिजन नं. ११ लहानसंग समन्बय गरी ३ दिन भित्र संचालन गर्ने तयारी गरिएको बताए । 

बर्षमा ३ महिना मात्र संचालन हुने डिप टुवेलको मेसिनमा खराबी आएकोले समयमा पानी दिन नसकेको अध्यक्ष साहले स्बिकार गरे । अब छिटै मर्मत गरि संचालन गरिने समेत अध्यक्ष साहले दाबी गरे ।  

डिप ट्युववेल मिर्चैयाले समयमा बिद्युत महशुल नबुझाएकोले पटक पटक लाइन काटेको नेपाल बिद्युत प्रािधिकरण मिर्चैया बितरण केन्द्रका ईन्जिनियर संजिब कर्णले बताए । 

डिप ट्युववेललाई बिद्युत महुशल जरिवाना समेत गरि रु. ७४ हजार ४ सय ४५ रुपैया ५० पैसा बुझाउन बाँकी रहेकोले करीब ६ महिनादेखि लाइन काटेको ईन्जिनियर कर्णले जनाए । आयोजनाले बिद्युत महशुल रु. ४ रुपैया ९० पैसा प्रतियुनिटका दरले बुझाउने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै