पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय छ महिना वितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । महोत्सव सम्पन्न भएको झण्डै ६ महिना वितिसक्दा पनि आयोजकले महोत्सवको आयव्यय सार्वजानिकरणमा ढिलासुस्ती गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय छ महिना वितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । महोत्सव सम्पन्न भएको झण्डै ६ महिना वितिसक्दा पनि आयोजकले महोत्सवको आयव्यय सार्वजानिकरणमा ढिलासुस्ती गरि"/>
१ पुष २०८२, मंगलवार
पर्बत - PBT

सार्वजनिक भएन महोत्सवको आयव्यय

१४ श्रावण २०७४, शनिबार ०८:३८

पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय छ महिना वितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । महोत्सव सम्पन्न भएको झण्डै ६ महिना वितिसक्दा पनि आयोजकले महोत्सवको आयव्यय सार्वजानिकरणमा ढिलासुस्ती गरिराखेको छ । 

महोत्सवमा केहि आयोजकका कमिकमजोरीका कारण आलोचित भएपछि मिडियामाथि खनिएका मूल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले ५५ लाखभन्दा बढि बचत हुने सार्वजानिक कार्यक्रममा दाबी समेत गरेकाथिए ।

आफूहरुले विगतका महोत्सवभन्दा फरक तरिकाले महोत्सव सम्पन्न गरेको र महिनादिनमानै आयव्यय सार्वजानिकगर्ने बताएता पनिहाल सम्म आयव्यय सार्वजानिक हुन सकेको छैन । महोत्सवमा ५ करोडभन्दा बढीको कारोबार भएको र २ लाखदर्शकले महोत्सव अबलोकन गरेको आयोजकल प्रचार गरेतापनि सोहीअनुसारको कारोबार भयो वा भएन भनेर सार्वजानिकरण भने हुन सकेको छैन । महोत्सवगत माघ १३ देखि २२ गतेसम्म संचालनभएको थियो ।

महोत्सव सफलपार्नको लागि झण्डै ४५ वडा उपसमिति गठन भएकाथिएतर जिम्मेवारी बाँडफाँड गरी बनाइएकाउपसमितिले भन्दापनि केहि समितिव्यक्तिलेनै महोत्सवमाहाबीभएको आयोजक पक्षबाटनै चर्को गुनासो आएको थियो । 

महोत्सव परिसरमा भएका    चोरी, झगडाले पनि महोत्सवलाइ आलोचिततुल्याएको थियो । उद्योग बाणिज्य संघ पर्वतको मुख्य आयोजनामा महोत्सवभएको थियो । महोत्सवमा ५९ लाख भन्दा बढी रकम उठेको आन्तरीक छलफलमा जानकारी भएको तर अझै रकम उठाउन बाँकी रहेकोले रकम सवै हात नलागेको उवासंघ पर्वतका सदस्यले भने । 

मिटिङमा आयव्ययको बारेमा छलफल भएता पनि सार्वजानिकरण भने हुन सकेको छैन । हरेक तीनतीन बर्षमा उवासंघले आयोजना गर्ने विगतमा सम्पन्न भएका चार महोत्सवमा  ठुलो रुपमा आर्थिक चलखेल भएको जनगुनासो छ ।

यस्तै झण्डै २ बर्ष पहिले सम्पन्नभएको कफि,लप्सी सुन्तलामहोत्सवको आयव्यय समेत सार्वजानिकरण हुन सकेको छैन । घरेलु उद्योग महासंघ जिल्लाशाखापर्वतको आयोजनामा सम्पन्नभएको उक्तमहोत्सवको हालसम्म आयव्यय सार्वजानिकरण भएको छैन । महोत्सवकामुल संयोजक शिवप्रसाद सुवेदीले महोत्सवको बारेमा सरोकारवालालाई सामेल गरी जानकारी गराइएको बताएतापनि केकतिखर्च र आम्दानीभयो त्यसकाृे लेखाजोखा हुन सकेको छैन ।

आयोजक समितिकै मिलेमतोमामहोत्सवको आयव्ययलाई     गोप्यपारी आर्थिक रुपमाचलखेल भएको हुनसक्ने देखिएको छ । महोत्सवमा सहआयोजकहरु समेत रुष्ट भएकाथिए । महोत्सव संचालनअबधिमाआयोजक समितिले सहआयोजकहरुलाई अपमान गरेको समेत आरोप लागेको थियो । लघुउद्यमको विकासको लागि संचालनगरिएको कफि,लप्सी सुन्तला (कलसु) महोत्सवमा लघुउद्यमभन्दा पनिआयोजक मटाउने कामभएको आरोप लागेको थियो ।

त्यस्तै रेडियो दिदीबहिनीको आयोजनामा सम्पन्नभएको पश्चिमाञ्चलमहिलामहोत्सवतथा रेडियो दिदीबहिनीको बार्षिक उत्सवको आयव्यय समेत सार्वजानिकभएको छैन । निरन्तर बर्षमादुइ पटक महोत्सवको आयोजनागर्दै आएको रेडियो दिदीबहिनीले हालसम्मकाकुनै पनिमहोत्सवको आयव्यय सार्वजानिकरण गर्न सकेको छैन । सांसद कल्पनाचापागाई अक्ष्यक्ष समेत रहेको उ क्त रेडियोले बर्षमादुइ पटक हरितालिकातीज र नारी दिवसको अबसरमामहोत्सवको आयोजनागर्दै     आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल