पर्वत । पर्वत रसाउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् ।

नेकपा(एमाले) र नेपाली कांग्रेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत रसाउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् ।

नेकपा(एमाले) र नेपाली कांग्रेस"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला समन्वय समितिको चुनाव भोली

१५ श्रावण २०७४, आईतवार ०५:२४

पर्वत । पर्वत रसाउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् ।

नेकपा(एमाले) र नेपाली कांग्रेसले संयोजक, सहसंयोजक सहित सबै सदस्य पदमा उमेदवारी दर्ता गराएका हुन् । उम्मेदवारमा एमालेले जिल्ला समन्वय समितिको संयोजकमा प्रदेश कमिटीका सदस्य तथा दलित नेता मनोहर बिश्वकर्मा पौडेल र सह संयोजकमा पार्टीकी जिल्ला सदस्य तथा पैञ्यु गाउँपालिकाकी सदस्य यामकुमारी रानाले उम्मेदवारी दिएका छन् ।

यसैगरी सदस्यहरुमा कुश्मा नगरपालिका ६ का ज्ञानबहादुर भण्डारी, महाशिला गाउँपालिका १ का बिष्णुराम बिक, फलेवास नगरपालिका ठानामौलाकी कबिता बिक, मोदी गाउँपालिका ६ तिलाहारका नन्दलाल सुबेदी, जलजला गाउँपालिका लेखफाँटका ओमप्रसाद         रेग्मी, विहादी गाउँपालिका रानीपानीकी बिष्णुमाया पौडेल र पैञ्यु गाउँपालिका हुवासकी शर्मिला नेपालीले उम्मेदवारी दिएका हुन । एमालेबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्नका लागि संयोजक सह संयोजक सहित ९ जना उम्मेदवार मध्ये संयोजक सहित ४ जना दलित समुदायका उम्मेदवारहरु रहेका छन् ।

नेपाली कांग्रेसबाट संयोजकमा कुश्मा नगरपालिका ७ का परशुराम पुरी, सह संयोजकमा कुश्मा नगरपालिका ५ की लालकुमारी सिकेले उमेदवारी दिएका छन् ।

यसैगरी सदस्य पदमा कालीभक्त शर्मा ( खुर्कोट), हरिबहादुर कार्की(माझफाँट) हरिमाया गुरुङ्ग(धाइरिङ्ग), लक्ष्मी आचार्य(बाच्छा),निर्मलाकुमारी शर्मा(शंकरपोखरी), मायाकुमारी शर्मा(धाइरिङ्ग) र खैसरा दर्जी(बर्राचौर) ले उमेदवारी दर्ता गरेका छन । पार्टीले सबै पदमा उमेदवारी दर्ता गराएका हुन । 

उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसले केही नेता कार्यकर्ता सहित उपस्थित भएर दर्ता गराएको थियो भने एमालेले जिल्ला स्तरीय नेता, कार्यकर्ता, विभिन्न तहका निर्वा्चित पदाधिकारी सहित ¥याली नै गरेर उम्मेदवारी दर्ता गराएको हो । जिल्ला समन्वय समितिमा नेकपा(एमाले)को एकल बहुमत छ । एमालेका उमेदवारहरु नै निर्वा्चित हुने संभावना भएका कारण नेपाली कांग्रेसले लोप्रोफाइलका नेतालाई समन्वय समितिको प्रमुखमा उमेदवार बनाएको कांग्रेसका एक जिल्ला नेताले बताए ।जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका अध्यक्ष र उपाध्यक्षले मात्र मत हाल्न पाउने ब्यबस्था छ । पर्वतका २ नगरपालिका प्रमुख र उपप्रमुख तथा ५ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी १४ जनाले मतदान गर्नेछन् । जसमध्ये एमालेको पक्षमा आठ मत छन् भने नेपाली कांग्रेसका ६ मत छन् । यसरी हेर्दा एमालेको पक्षमा स्पष्ट बहुमत देखिएको छ । पर्वतमा जिल्ला समन्वय निर्वाचन साउन १७ मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य दलहरुले भने समर्थन जुटाउन असमर्थ रहेका कारण उम्मेदवारी दर्ता गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो