Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु चुनाव: यी क्याम्पसमा भइरहेको छ मतदान, आरआरसहितका ठूला क्याम्पसमा विवाद

२०८१, ५ चैत्र मंगलवार १२:४१

काठमाडौँ | आज त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकाका सहित देशका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भइरहेको छ ।

त्रिवि अन्तर्गतका ६२ आंगिकमध्ये ४५ र २५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान जारी छ। स्ववियु चुनावमार्फत राजनीतिक दलहरुले आफ्नो जनमत आकलन गर्ने गरेका छन् ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

उपत्यकामा स्ववियु चुनाव भइरहेका क्याम्पसहरूमा थापाथली इन्जिनियरिङ क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस,नेपाल कमर्श क्याम्पस, आयुर्वेद क्याम्पस,महेन्द्ररत्न क्याम्पस ताहाचल,ललितकला क्याम्पस,भक्तपुर बहुमुखी क्याम्पस,सानोठिमी क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस, जनप्रशासन क्याम्पस, पाटन संयुक्त क्याम्पस (कार्ड विवादपछि १०० मत खसेपछि रोकिएको । छलफल जारी)

त्रिभुवन विश्वविद्यालयका अनुसार ४५ वटा आंगिक क्याम्पसमा स्ववियु चुनावको मतदान भइरहेको छ। विवाद भएका क्याम्पसहरूमा सहमतिका लागि प्रयास भइरहेको जनाइएको छ ।

यी कलेजमा भने चुनाव रोकिएको छ-

पोखराको पृथ्वी नारायण क्याम्पसमा मतपत्रमा त्रुटि देखिएपछि मतदान केही समयका लागि रोकिएको छ । प्रशासनका अनुसार त्रुटि सुधार्ने प्रयास भइरहेको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन भएको छ । नेकपा (एमाले)निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकटको अनेरास्ववियूले क्याम्पसको मूल गेटमा ताला लगाएका छन् । कतिपय विद्यार्थीले चुनावमा मतदानको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमार्गकै नेपाल ल र विश्वभाषामा पनि आन्तरिक विवादका कारण निर्वाचन स्थगित भएको छ ।

कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलमा पनि चुनाव रोकिएको छ । एमाले निकट विद्यार्थी संगठनले ताला लगाएपछि चुनाव रोकिएको हो ।

काठमाडौंको लैनचौरस्थित अस्कल क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दीपछि निर्वाचन स्थगित भएको छ । कीर्तिपुरस्थित विश्विवद्यालय क्याम्पसमा नेविसंघको तालाबन्दी गरेको छ । जसका कारण आज निर्वाचन नहुने भएको छ ।

बागबजारस्थित पद्मकन्या (पीके) क्याम्पसमा नविसंघको दुई पक्षबीच विवाद हुँदा निर्वाचन नहुने भएको छ भने शंकरदेव क्याम्पसमा पनि विवादका कारण चुनाव भएको छैन ।

यसैगरी ठमेलको सरस्वती क्याम्पस, क्षेत्रपाटीको पब्लिक युथ क्याम्पसमा समेत निर्वाचन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली