८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी

५ चैत्र २०८१, मंगलवार १५:५०

काठमाडौँ  | सिन्धुपाल्चोकका कुसाङ लामा, जो २०७३ सालमा सात केजी अवैध सुनसहित पक्राउ परेका थिए, नौ वर्षपछि पुनः उस्तै अपराधमा पक्राउ परेका छन्। यस पटक उनले चलाउने ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरिएको छ।

२०७३ मा काठमाडौँको कलंकीबाट हाइलक्स गाडीमा लुकाइएका सात केजी सुनसहित पक्राउ परेका लामाले पाँच वर्ष जेल सजाय भोगेका थिए। रसुवाबाट बा ८ ४ ७४३० नम्बरको हाइलक्स गाडीमा ५-६ जना यात्रुसहित ल्याएको सुन प्रहरीले बरामद गरेको थियो। त्यो बेला तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो।

जेलबाट २०७८ मा छुटेपछि लामाले आमाको नाममा ट्रक निकालेर आफैं चालकको रूपमा काम गर्न थाले। अहिले उनी आफैंले चलाउँदै आएको ना.१ ख १६५२ नम्बरको मालवाहक ट्रकबाट फल्स बटम बनाएर लुकाइएको २५ करोड रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरिएको छ।

चीनतर्फ ठूलो परिमाणको अवैध रकम जाँदै गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोर क्षेत्रमा रेक्की गर्दै ट्रकलाई सडकमै रोकेर चेकजाँच गरेको थियो। क्याबिनमुनि बनाइएको फल्स बटमभित्र लुकाइएको अवस्थामा १७९.८ लाख अमेरिकी डलर, ५८,८५० यूरो र ३,११९ डलर बराबरको रकम फेला परेको एसएसपी रमेश बस्नेतले बताए। कार्यालयको इतिहासमा यो अहिलेसम्मकै ठूलो रकम बरामद भएको घटना भएको उनले जनाए।

प्रहरीका अनुसार, ट्रकमाथि शंका लागेपछि सम्भावित लुकाउने स्थानहरू भिडियोग्राफीसहित जाँच गरिएको थियो। लामाले ट्रक रसुवा जान लागेको बताएका थिए। प्रहरीले गहिरो जाँच गर्दा ट्रक खाली देखिए पनि फल्स बटमबाट ठूलो रकम फेला पर्यो। उनले केही सामान लिन जान लागेको बताए पनि रकमबारे थप अनुसन्धान भइरहेको छ।

यसअघि उनलाई अपराध महाशाखाले नै पक्राउ गरेको थियो’, एसएसपी बस्नेतले भने, ‘पहिले पनि भरिया नै भएर अपराध गरेका थिए । अहिले अनुसन्धानको सुरुवाती चरणमा छौँ । पहिले पनि भरिया भएर पक्राउ परेर जेल सजाय भइसकेको हो । उनले भरियाकै रुपमा अपराध स्वीकारेका थिए ।लामाले यस पटक पनि आफू भरियाकै रूपमा काम गरेको स्वीकारेका छन्।दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुसाङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

बस्नेतले २०७३ मा बरामद सात केजी सुन र अहिले बरामद २५ करोड रुपैयाँको कनेक्सन जोडेर अनुसन्धान गरिने बताए । कलंकीबाट २०७३ मा बरामद सुन पनि रसुवागढी नाका हुँदै आएको खुलेको थियो । त्यसबेला पनि प्रहरीले भरियामात्रै समात्न सक्यो, मालिकलाई पक्राउ गर्न सकेन । यस पटक भने रकमको वास्तविक मालिकबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

‘पुरानो र नयाँ प्रकरण जोडेर विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी बस्नेतले भने, ‘ ‘यो रकम कसको हो भन्ने अहिलेसम्म खुलेको छैन । कुन प्रयोजनका लागि रकम लिएर रसुवागढीतिर गएको हो भन्ने विस्तृत अनुसन्धानपछि भन्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता