साउन १६, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ ।&n"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अञ्चल अस्पतालमा अत्याधुनिक उपकरण

२०७४, १६ श्रावण सोमबार ०४:३३

साउन १६, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ । 

अस्पताललाई आधुनिकीकरण गरी सेवालाई छिटोछरितो र विश्वसनीय बनाउका लागि रु एक करोड १० लाखको लागतमा उपकरण खरिद गरी जडानको कार्य शुरु गरिएको हो । डिजिटल एक्सरे, सी आर्म, फुटलर काउन्टर मेसिन, डेन्टल सेट अफ चेयर लगायतका दुई दर्जन उपकरण जडानको कार्य भइरहेको अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताउनुभयो । “केही मेसिन जडानको कार्य पूरा भएको छ”, उहाँले भन्नु भयो, “केही मेसिन जडान गर्दैछाँै ।” 

अस्पताललाई आवश्यक उपकरणको अभावमा सेवा सञ्चालनमा कठिनाइ रहेको उल्लेख गर्दै अध्यक्ष बोहराले उपकरण जडानपछि अस्पतालले दिने सेवासुविधामा सहजता आउने बताउनुभयो । उपकरण जडान गरिए पनि सघन उपचार कक्षको सेवा भने सेवाग्राहीले पूर्ण रुपमा पाउन सकेका छैनन् । विशेषज्ञ चिकित्सक र सघन कक्ष सञ्चालन गर्ने जनशक्तिको अभावमा सघन कक्षको सेवा प्रभावकारी रुपमा दिन नसकेको अध्यक्ष बोहराको भनाइ रहेको छ । 

सघन कक्ष सञ्चालनका लागि एक फिजिसियन चिकित्सक, चार मेडिकल अफिसर र छजना दक्ष तालिम प्राप्त नर्स लगायतका जनशक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । २० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा अहिले तीनजना चिकित्सकले मात्र सेवा दिइरहेका छन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै