२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङ्गीहरुको महत्वपूर्ण पर्व यर्तुङको रौनक सकियो

२०७४, १६ श्रावण सोमबार ०४:४७

साउन १६, मनाङ । मनाङमा यर्तुङ अर्थात् घोडा दौड आजबाट सकिएकोे छ । पाँच दिनसम्म चलेको यो पर्व गत बिहीबारबाट शुरु भएको थियो । यो पर्वको पहिलो दिन गाउँलेहरु एक ठाउँमा भेला भई गाउँ नजिकको पोचो गुम्बामा गहिथिमे बालेर यर्तुङ शुरु गरेका थिए । यसरी तीन दिनसम्म यो क्रम निरन्तर जारी रह्यो । 

यर्तुङको चौथो दिन यो पर्वका सबै भन्दा महत्वपुर्ण दिन हो । यस दिन यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने गर्दछन् । 

गाउँका महिला भने घोडा चढेर आउनेलाई स्वागत गर्न गुम्बामा खादा र सगुन लिएर बस्ने प्रचलन रहेको छ । यसरी खादा र सगुन लिई सकेपछि गुम्बामा बत्ती बालेर युवायुवतीले नाचगान गरी मनोरञ्जन प्रदान गर्ने गर्दछन् । यो रातभरि नै गुम्बामा नाचगान चलिरहन्छ । यसरी गुम्बामा नाचगान गर्नाले मित्रता कायम गरी गाउँमा अनिष्ट हुनबाट बचाउने धार्मिक मान्यता रहिआएको छ । 

यर्तुङको अन्तिम दिन बिहानैदेखि गुम्बामा पूजापाठ शुरु हुन्छ । लगभग दिनैभरि पूजापाठ गरेपछि घोडा दौड प्रतियोगिता गरी सबैभन्दा छिटो दौडने घोडालाई वर्षको मूल्यवान् घोडा मान्ने चलन थियो । तर यो प्रचलन अहिले छैन । सबै घोडा दौडाउनेहरुलाई खादा लगाई नाचगान गरी यर्तुङको समापन गरियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै