Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकबाट २५ करोड बरामद: प्रहरीलाई सुराक दिनेले पाउनेछन् झन्डै ५ करोड रुपैयाँ पुरस्कार!

२०८१, ६ चैत्र बुधबार १६:३०

काठमाडौँ | उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते टोखा क्षेत्रबाट २५ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ। काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको ना.७ ख १६५२ नम्बरको ट्रकमा लुकाइएका युरो र डलर प्रहरीले जफत गरेको हो।

डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले झोर महांकालमा ट्रक रोकेर जाँच गर्दा ड्राइभर सिटमाथि ‘वोनट’ भागमा बनाइएको फल्स बटनभित्र लुकाइएको अवस्थामा ठूलो मात्रामा विदेशी मुद्रा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

उक्त ट्रक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का कुसाङ लामा (उपनाम ‘फुच्चे’) ले चलाएका थिए। उनीमाथि राजस्व अनुसन्धान विभागले थप अनुसन्धान अघि बढाएको छ।

त्यसरी २५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । ऐनमा भनिएको छ, ‘पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बिस प्रतिशत त्यस्तो सुरका दिने व्यक्तिलाई इनाम दिइनेछ ।’

कुसाङ लामाले चलाएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर लाग्ने राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले बताए ।

प्रहरीले अब कुसाङ लामासहित संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानलाई तीव्र पारेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली