साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । 

विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । 

विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुले"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको दीपायल बसपार्क एक सातादेखि बन्द

१६ श्रावण २०७४, सोमबार ०५:१०

साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । 

विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुलेको छैन । अवरोध जारी रहेपछि बसपार्क एक सातादेखि प्रयोगविहीन अवस्थामा छ । 

बसपार्क जोड्ने सडकमा आफ्नो सात आना जग्गा रहेको दाबी गर्दै स्थानीयवासी टेकबहादुर शाहले अघिल्लो आइतबार सडकमै फलामको डण्डीको घेरा हालेका छन् । 

एक छेउमा उनको जमिन देखिएपछि सडक साँघुरो देखिएको छ । जसले बसहरु छिर्न सक्ने अवस्थामा नहुँदा बसपार्क अवरुद्ध छ । “एक साता बित्दा पनि बसपार्क सञ्चालन हुन नसक्नु दुःखद छ,” होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले भन्नुभयो, “यसमा नगरपालिका, बसपार्क जग्गाधनी र प्रशासनको ध्यान जान नसकेको आभास हुन थालेको छ ।” 

बसपार्क सञ्चालन नभएपछि मूल बजारमै गाडीहरु पार्किङ भइरहेका छन् । जसले बेला–बेला ट्राफिक जामसमेत भइरहेको छ । “व्यस्त बजारको सडकमै दर्जनौँ गाडी पार्किङ भएपछि सडक तथा बजार अस्तव्यस्त बनेको छ,” स्थानीय व्यापारी गणेशबहादुर साउँदले भन्नुभयो, “यस्तो अवस्थामा दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ ।” 

बसपार्क अवरुद्ध बनेको साता दिन पुग्नै लाग्दा गत शुक्रबार नगरपालिकाले जग्गाधनी टेकबहादुर शाह, शैलेश्वरी यातायात व्यवसायी समिति र वडा नम्बर ४ का स्थानीय वडाध्यक्ष वीरेन्द्र शाहको उपस्थितिमा बैठक बोलाएर सहमति गरेको दाबी गरेपनि लिखित सहमति नहुँदा बसपार्क खुल्न सकेको छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने