साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । 

विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । 

विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुले"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको दीपायल बसपार्क एक सातादेखि बन्द

२०७४, १६ श्रावण सोमबार ०५:१०

साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । 

विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुलेको छैन । अवरोध जारी रहेपछि बसपार्क एक सातादेखि प्रयोगविहीन अवस्थामा छ । 

बसपार्क जोड्ने सडकमा आफ्नो सात आना जग्गा रहेको दाबी गर्दै स्थानीयवासी टेकबहादुर शाहले अघिल्लो आइतबार सडकमै फलामको डण्डीको घेरा हालेका छन् । 

एक छेउमा उनको जमिन देखिएपछि सडक साँघुरो देखिएको छ । जसले बसहरु छिर्न सक्ने अवस्थामा नहुँदा बसपार्क अवरुद्ध छ । “एक साता बित्दा पनि बसपार्क सञ्चालन हुन नसक्नु दुःखद छ,” होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले भन्नुभयो, “यसमा नगरपालिका, बसपार्क जग्गाधनी र प्रशासनको ध्यान जान नसकेको आभास हुन थालेको छ ।” 

बसपार्क सञ्चालन नभएपछि मूल बजारमै गाडीहरु पार्किङ भइरहेका छन् । जसले बेला–बेला ट्राफिक जामसमेत भइरहेको छ । “व्यस्त बजारको सडकमै दर्जनौँ गाडी पार्किङ भएपछि सडक तथा बजार अस्तव्यस्त बनेको छ,” स्थानीय व्यापारी गणेशबहादुर साउँदले भन्नुभयो, “यस्तो अवस्थामा दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ ।” 

बसपार्क अवरुद्ध बनेको साता दिन पुग्नै लाग्दा गत शुक्रबार नगरपालिकाले जग्गाधनी टेकबहादुर शाह, शैलेश्वरी यातायात व्यवसायी समिति र वडा नम्बर ४ का स्थानीय वडाध्यक्ष वीरेन्द्र शाहको उपस्थितिमा बैठक बोलाएर सहमति गरेको दाबी गरेपनि लिखित सहमति नहुँदा बसपार्क खुल्न सकेको छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै