Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | काठमाडौँको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-११ बबरमहल चोकमा गएराति बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमी बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।