२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनस्क्रिन किन र कसरी लगाउने ?

७ चैत्र २०८१, बिहीबार १५:४०

काठमाडौँ | गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि भनिन्छ ।

धेरै पटक कडा घामको कारणले दाग धब्बा, चाउरीपन ‘सनर्बन’, ‘टेनिङ’ र अन्य छालासम्बन्धी समस्याको सामना गर्नुपर्छ । सूर्यबाट उत्सर्जित पराबैजनी किरणले हाम्रो छालालाई ठूलो नोक्सान पुर्‍याउँछ । छालासम्बन्धी विभिन्न समस्याबाट बच्न सनब्लक क्रिमको प्रयोग गरिन्छ ।

सनस्क्रिन कति प्रकारका हुन्छन् ? सनस्क्रिन लगाउने विधि के हो ? सनस्क्रिन कसरी छनोट गर्ने ? सनस्क्रिन लगाउने सही समय कुन हो ? जस्ता कुराको दुविधा हुनसक्छ ।

सूर्यबाट यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न हानिकारक किरण आउने गर्छ । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न घामको सम्पर्कमा आउने अनुहार, घाँटी, हात खुट्टामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

आज हामी कस्तो प्रकारको सनस्क्रिन छालाका लागि राम्रो मानिन्छ र एक पटकमा कति सनस्क्रिन अनुहारमा लगाउँदा छालालाई सही सुरक्षा मिल्छ यसबारे कुरा गर्नेछौँ ।

कस्तो प्रकारको सनस्क्रिन फाइदाजनक ?

सनस्क्रिन खरिद गर्ने बेला एसपीएफ (सन प्रोटेक्सन फेक्टर) हेर्न बिर्सनु हुन्न । एसपीएफ १५ ले ९३ प्रतिशत युबीबी किरणलाई रोक्छ, एसपीएफ ३० ले ९७ प्रतिशत यूबीबी किरणलाई रोक्छ । त्यसैले एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन लगाउने सही तरिका

छालामा सबैभन्दा पहिले सनस्क्रिन लगाउने कि मोइस्चराइजर लगाउने भन्ने विषयमा धेरै जना अलमलिएको पाइन्छ । छालामा सबैभन्दा पहिले मोइस्चराइजर लगाउनुपर्छ त्यसपछि सनस्क्रिन ।

घरबाट निस्कनुभन्दा आधा घण्टाअघि नै सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । घरबाट बाहिर निस्किंदा मात्र होइन, घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

एक पटकमा एक चिया चम्चा ‘पाँच एमएल’ जति बाक्लो लेयर सनस्क्रिन लगाउनुपर्छ । पातलो लेयर लगाउँदा त्यसले सूर्यको हानिकारक किरणलाई राम्ररी छेक्न सक्दैन ।

सनस्क्रिन किन्दा ध्यान दिनुपर्ने कुरा
सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने लोसनबेस लगाउनुपर्छ । सुक्खा छाला छ भने क्रिमबेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै–कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन मुख्यतया दुई प्रकारको हुन्छ- फिजिकल सनस्क्रिन र केमिकल सनस्क्रिन । फिजिकल सनस्क्रिनले छालाभित्र सम्म नगएर बाहिरबाट नै संरक्षण गर्छ । यसलाई मिनिरल सनस्क्रिन पनि भनिन्छ । गर्भवती महिला  र सेन्सिटिभ  छाला भएकाहरूले यो सनस्क्रिन लगाउनुपर्छ । केमिकल सनस्क्रिन भने विभिन्न केमिकलको मिश्रणबाट बनेको हुन्छ । धेरै घामको सम्पर्कमा आउने व्यक्तिहरूले केमिकल सनस्क्रिन लगाउनुपर्छ ।

एक पटकमा कति सनस्क्रिन लगाउनुपर्छ ?

यदि तपाईं अलिकति सनस्क्रिन लगाएर युभी किरणहरूबाट जोगिन्छु भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । छाला विशेषज्ञ एक पटकमा दुई औँलाको बराबर सनस्क्रिन लगाउन सुझाव दिन्छन् । अर्थात् एक पटकमा एक चम्चा बराबर सनस्क्रिन छालामा लगाउनुपर्छ । जब तपाईं सनस्क्रिन लगाउनुहुन्छ, पूरै अनुहारमा राम्रोसँग लगाएर १० मिनेटको लागि छोड्नुहोस् ।

दश मिनेटभित्र नै सबै सनस्क्रिन तपाईंको छालामा राम्रोसँग अवशोषित हुनेछ । छाला विशेषज्ञहरूका अनुसार दिनमा दुई दुई घण्टाको अन्तरालमा सनस्क्रिन लगाउनुपर्छ ।

के-के फाइदा हुन्छ?

  • दैनिक सनस्क्रिन लगाउनाले छालालाई हानिकारक यूभी किरणहरूबाट बचाउन मद्दत गर्छ ।
  • सूर्यको अल्ट्रावायोलेट हानिकारक किरणले अनुहारलाई धेरै नोक्सान पुर्‍याउँछन् । सनस्क्रिनको प्रयोगले यी किरणबाट बचाउन मद्दत गर्छ ।
  • सनस्क्रिनको प्रयोगले छाला समयभन्दा बुढ्यौली देखिने समस्या केही ढिलो हुन्छ ।
  • लामो समयसम्म यूभी किरणहरूको सम्पर्कमा रहनाले छाला क्यान्सरको जोखिम पनि बढ्न सक्छ । यी यूभी किरणबाट बच्न लागि नियमित रूपमा सनस्क्रिन लगाउनु आवश्यक छ ।
  • सनस्क्रिन लगाउनाले छालाका कोशिकाको सही सुरक्षा हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता