Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार

२०८१, ८ चैत्र शुक्रबार १२:५४

काठमाडौँ | हमासले इजरायलको तेल अभिभमा तीनवटा रकेट प्रहार गरेको बताएको छ।

इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो।

यद्यपि, इजरायलले तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्र कोही पनि नबस्ने ठाउँमा खसेको बताएको छ।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेदेखि कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ, जसमा २०० भन्दा बढी बालबालिका पनि छन्।

इजरायली सेना (आईडीएफ) ले बिहीबार प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको बताएको छ।

जनवरी १९ देखि मार्च ३० सम्म इजरायल र हमासबीच युद्धविराम भए पनि यसको अवधि लम्ब्याउने सहमति हुन नसक्दा इजरायलले गाजामा फेरि हमला सुरु गरेको हो।

इजरायलले हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको बताएको छ, जसमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ।

हमास र इजरायलबीच पुन: युद्ध सुरु भएसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आशामा पनि तुषारापात भएको छ।

गत जनवरी १९ देखि मार्च ३० सम्म भएको युद्धविरामका क्रममा हमासले २५ जना जीवित र ८ जना मृत बन्धक इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली