१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार

८ चैत्र २०८१, शुक्रबार १२:५४

काठमाडौँ | हमासले इजरायलको तेल अभिभमा तीनवटा रकेट प्रहार गरेको बताएको छ।

इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो।

यद्यपि, इजरायलले तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्र कोही पनि नबस्ने ठाउँमा खसेको बताएको छ।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेदेखि कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ, जसमा २०० भन्दा बढी बालबालिका पनि छन्।

इजरायली सेना (आईडीएफ) ले बिहीबार प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको बताएको छ।

जनवरी १९ देखि मार्च ३० सम्म इजरायल र हमासबीच युद्धविराम भए पनि यसको अवधि लम्ब्याउने सहमति हुन नसक्दा इजरायलले गाजामा फेरि हमला सुरु गरेको हो।

इजरायलले हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको बताएको छ, जसमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ।

हमास र इजरायलबीच पुन: युद्ध सुरु भएसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आशामा पनि तुषारापात भएको छ।

गत जनवरी १९ देखि मार्च ३० सम्म भएको युद्धविरामका क्रममा हमासले २५ जना जीवित र ८ जना मृत बन्धक इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा