२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानुन उल्लंघन गर्नेमाथि कठोर बन्दै साउदी सरकार : एक हप्तामा २५ हजार अवैध आप्रवासी पक्राउ

१० चैत्र २०८१, आईतवार १४:१०

काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा विभिन्न देशबाट साउदी पुगे/ विभिन्न कानुन उल्लंघन गरेको आरोपमा  २५ हजार १ सय ५० अवैध आप्रवासीलाई पक्राउ गरिएको छ।  पक्राउ पर्नेमा  १७ हजार ८८६ जना रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने, ४ हजार २४७ जना सीमा सुरक्षा कानुन उल्लङ्घन गर्ने र ३ हजार १७ जना श्रम कानुन उल्लङ्घन गर्नेहरू रहेका छन् ।

कानुन उल्लङ्घन गर्ने कूल ३० हजार ५२८ जनालाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको थियो । जसमा २ हजार ४२० जना कानुन उल्लङ्घन गर्नेहरूलाई उनीहरूको यात्रा आरक्षण पूरा गर्न पठाइएको थियो । साथै १२ हजार ८ जनालाई देश निकाला गरिएको छ ।

साउदी सुरक्षाका अनुसार गत हप्तामा साउदी अरबका विभिन्न क्षेत्रहरूबाट अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ । मार्च १३ देखि १९ बीचको अवधिमा साउदी सुरक्षा बलहरूले सम्बन्धित सरकारी निकायहरूसँगको सहकार्यमा सञ्चालन गरेको संयुक्त क्षेत्र सुरक्षा अभियानको क्रममा यी अवैध आप्रवासीलाई पक्राउ गरेको  हो ।

साउदीमा सीमा पार गरेर राज्य प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका व्यक्तिहरूको कूल संख्या १ हजार ५५३ छ। जसमध्ये २८ प्रतिशत यमनी नागरिक,६९ प्रतिशत इथियोपियाली नागरिक र तीन प्रतिशत अन्य मुलुकका रहेका छन् ।

अवैधरूपमा राज्य छोड्ने प्रयास गर्दा कूल ६३ जना पक्राउ परेका छन्।   साथै नियम उल्लङ्घन गर्नेहरूलाई ढुवानी गर्ने,आश्रय दिने र रोजगारी दिने काममा संलग्न ३६ जनालाई पनि पक्राउ गरिएको छ।

३५ हजार ७९५ पुरुष र २ हजार २६६ महिलासहित कूल ३८ हजार ६१ अवैध बसोबास गर्नेहरूलाई  हाल उनीहरू विरुद्ध दण्डात्मक उपायहरूको रूपमा विभिन्न चरणका कानुनी प्रक्रियाहरू सुरू गरिएको छ । गृह मन्त्रालयलका अनुसार कुनै पनि व्यक्ति जसले राज्यमा व्यक्तिहरूको अवैध प्रवेशलाई सहज बनाउँछ,तिनीहरूलाई आफ्नो क्षेत्रमा ओसारपसार गर्छ,उनीहरूलाई आश्रय दिन्छ वा अन्य कुनै सहयोग वा सेवा प्रदान गर्छ भने १५ वर्षसम्मको जेल सजाय  हुने र १० लाख रियालसम्मको जरिवाना हुने जानकारी दिएको छ ।

अवैधरूपमा ढुवानीको लागि प्रयोग गरिएका सवारी साधन वा आश्रय दिन प्रयोग गरिएका घरहरू समेत जफत गरिने यहाँको गृहमन्त्रालयले जनाएको छ। साथै साउदीमा रहेका हरेक नागरिकलाई मन्त्रालयले मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा ९११ नम्बर र राज्यका बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बरहरूमा कल गरेर कुनै पनि उल्लङ्घनको घटना रिपोर्ट गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव