२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी कोटिहोम महायज्ञ पोखरा-१७ बिरौटामा सञ्चालन हुने

२०८१, ११ चैत्र सोमबार ०७:०६

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्तत: स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका स्थानियहरुको जमिनमा २०८१ चैत्र १७ गते देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमी पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमी पुजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिती सिर्जना भएको थियो । त्यसपश्चात पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विश्व हिन्दु महासंघका प्रतिनिधी, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिती गठन गर्ने निर्णय गरेको थियो ।

उक्त समितीले वैकल्पिक स्थानको खोजि गरी अन्तत: कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं. ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यबस्थापन समिती) को स्वामित्वमा रहेको बिरौटाको जमिन तथा आसपासका स्थानियको जमिन भाडामा लिएर सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञको लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमती दिएपछि आयोजक मानव सेवा फाउण्डेसन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो ।

पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यबस्थापन समिति, समस्या समाधान वार्ता समिति,पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमती दिएपश्चात अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।

आइतवार महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनीधी, टोल बिकास समितीका प्रतिनिधीहरु, स्थानिय संघसस्थाका प्रतिनिधीहरु उपस्थित भई खुशी व्यक्त गर्दै भव्य स्वागत समेत गरेका थिए । त्यस्तै कोटिहोम सफल बनाउनको लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा