२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छत्रेश्वरीमा महिला सशक्तिकरण र उज्यालो समाज कार्यक्रम सुरु

२०८१, ११ चैत्र सोमबार ०७:२१

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु गरेको छ । आइतबार वडा नम्बर ४ बाट सुरु भएको यो कार्यक्रम ७ वटै वडामा संचालन हुने गाउँपालिकाले जनाएको छ ।

सशक्तिकरणको माध्ययमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण र क्षमता अभिवृद्धि गर्न, लैंगिक हिंशा रोकथाम, बाल विवाह, वहुविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि वडास्तरमा कार्यक्रम सुरु गरिएको हो ।

वडा नम्बर ४ को जयचौरमा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सके मात्र समाज समृद्ध बन्ने विश्वास व्यक्त गरिन् । समाजमा अझै पनि बाल विवाह, बहुविवाह, घरेलु हिंसा जस्ता समस्याहरू रहेको भन्दै उनले यी समस्याको अन्त्य गर्न महिलाहरुलाई कानुनी ज्ञान र आत्मविश्वासको जरुरी रहेको बताइन् ।

कार्यक्रममा सहभागि जनप्रतिनिधी, कर्मचारी, महिला एवम् सरोकारवालाहरुले सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर पनि गरेका छन् । बालविवाह, वहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको वडा अध्यक्ष छविलाल खत्रीले जानकारी दिए । समुदायमा विद्यालय भन्दा बाहिर रहेका बालकालिकालाई विद्यालय पठाउने पनि सहभागिहरुको प्रतिवद्धता छ ।

कार्यक्रममा सहभागि महिलाहरुलाई प्रशिक्षकहरुबाट बालबालिकाको शिक्षामा महिला अभिभावको भुमीका, आत्मविश्वास र सीप, क्षमता विकास, बाल विवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा अभिमुखिकरण गरिएको थियो ।

उपाध्यक्षसंग दिदिवहिनि कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाको आयोजना तथा मध्यपश्चिम युवा मिलन केन्द्र सल्यानको सहजिकरणमा महिला सशक्तिकरण अभियान सुरु भएको हो । कार्यपालिका सदस्य तुल्सा विक, वडा सदस्य पोखराज खड्का लगाएतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य शान्ता उपाधयायले राखेकी थिइन् ।

कार्यक्रममा प्रशिक्षकहरु दिपेन्द्र कुमार शाही, अधिवक्ता अमर थापा, प्रहरी सहायक निरिक्षक प्रकाश परियार लगाएतले अभिमुखिकरण गरेका थिए । कार्यक्रमको संचालन पत्रकार शंकर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा