६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छत्रेश्वरीमा महिला सशक्तिकरण र उज्यालो समाज कार्यक्रम सुरु

११ चैत्र २०८१, सोमबार ०७:२१

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु गरेको छ । आइतबार वडा नम्बर ४ बाट सुरु भएको यो कार्यक्रम ७ वटै वडामा संचालन हुने गाउँपालिकाले जनाएको छ ।

सशक्तिकरणको माध्ययमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण र क्षमता अभिवृद्धि गर्न, लैंगिक हिंशा रोकथाम, बाल विवाह, वहुविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि वडास्तरमा कार्यक्रम सुरु गरिएको हो ।

वडा नम्बर ४ को जयचौरमा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सके मात्र समाज समृद्ध बन्ने विश्वास व्यक्त गरिन् । समाजमा अझै पनि बाल विवाह, बहुविवाह, घरेलु हिंसा जस्ता समस्याहरू रहेको भन्दै उनले यी समस्याको अन्त्य गर्न महिलाहरुलाई कानुनी ज्ञान र आत्मविश्वासको जरुरी रहेको बताइन् ।

कार्यक्रममा सहभागि जनप्रतिनिधी, कर्मचारी, महिला एवम् सरोकारवालाहरुले सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर पनि गरेका छन् । बालविवाह, वहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको वडा अध्यक्ष छविलाल खत्रीले जानकारी दिए । समुदायमा विद्यालय भन्दा बाहिर रहेका बालकालिकालाई विद्यालय पठाउने पनि सहभागिहरुको प्रतिवद्धता छ ।

कार्यक्रममा सहभागि महिलाहरुलाई प्रशिक्षकहरुबाट बालबालिकाको शिक्षामा महिला अभिभावको भुमीका, आत्मविश्वास र सीप, क्षमता विकास, बाल विवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा अभिमुखिकरण गरिएको थियो ।

उपाध्यक्षसंग दिदिवहिनि कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाको आयोजना तथा मध्यपश्चिम युवा मिलन केन्द्र सल्यानको सहजिकरणमा महिला सशक्तिकरण अभियान सुरु भएको हो । कार्यपालिका सदस्य तुल्सा विक, वडा सदस्य पोखराज खड्का लगाएतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य शान्ता उपाधयायले राखेकी थिइन् ।

कार्यक्रममा प्रशिक्षकहरु दिपेन्द्र कुमार शाही, अधिवक्ता अमर थापा, प्रहरी सहायक निरिक्षक प्रकाश परियार लगाएतले अभिमुखिकरण गरेका थिए । कार्यक्रमको संचालन पत्रकार शंकर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता