१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्यांकरको ठक्करबाट मृत्यु भएका नाबालक दाजुभाइको शव परिवारले बुझे

११ चैत्र २०८१, सोमबार १५:२१

काठमाडौँ  | बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट मृत्यु भएका दाजुभाइको घटनामा सहमति जुटेको छ ।

सोमबार बिहान दुई पक्षबीच सहमति जुटेपछि परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी तुलबहादुर कार्कीले दुई पक्षीय सहमति जुटेपछि परिवारले शव बुझेर सद्गतका लागि शव लगिसकेको बताए ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने र कानुन बमोजिम कारबाही हुने सहमति भएपछि आफन्तले शव बुझेको प्रहरीको भनाइ छ ।

बाँकेको डडुवा गाउँपालिका–२ स्थित बेतहनी चोकमा भे१ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा सहदोर दाजुभाइ शिवकुमार गोडिया (९) र विशाल (७) को मृत्यु भएको थियो ।

दाजुभाइ स्कुलबाट साइकलमा घर फर्कँर्दै गर्दा नारायणी निर्माण सेवाको पानी बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । उनीहरू बेतहनीको नौरीगढी एकेडेमीमा अध्ययनरत थिए ।

बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने पानी ट्यांकर जलाइदिएका थिए । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको थियो । मोटरसाइकल समेत जलाइएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु