Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला समन्वय समिति पर्वतमा एमालेको पुरै प्यानल बिजयी

१७ श्रावण २०७४, मंगलवार ०८:५८

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा एमालेका उम्मेदवार मनोहरबी पौडेल बिजयी हुनुभएको छ ।
मंगलवार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । भने उहाँका निकटतम प्रतिद्धद्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गरी पराजय हुनुभएको छ । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकै यामकुमारी राना बिजयी हुनुभएको छ । उहाँले पनि ८ मत प्राप्त गर्नुभयो भने उपप्रमुखका लागि नेपाली काँग्रेसका उम्मेदवार लालकुमारी सिकेले ६ मत प्राप्त गरी पराजय हुनुभएको छ ।

समन्वय समितिका अन्य सात सदस्य पनि एमालेलेनै जीतेको छ । बिजयी सदस्यहरुमा ज्ञानबहादुर भण्डारी, बिष्णुराम बिक, कबिता बिक, नन्दलाल सुबेदी, ओमप्रसाद रेग्मी, बिष्णुमाया पौडेल, र शर्मिला नेपाली रहेका छन् ।
समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए । पर्वतमा सात स्थानिय तह मध्ये स्थानिय तहको चुनावमा चार वटामा एमाले बिजयी भएको थियो भने तीन वटा तहमा नेपाली काँग्रेस बिजयी भएको थियो । सो अनुरुप समन्वय समितिको चुनावमा पनि एमालेको पक्षमा ८ र नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा ६ मत प्राप्त भएका हुन् ।

बिजयी भएका उम्मेदवारहरुको सपथ तथा पदभार ग्रहण समेत आजै सम्पन्न हुने भएको छ ।
निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै समन्वय समितिका संयोजक मनोहर बि पौडेलले समग्र पर्वत जिल्लाको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रको विकासका लागि आफु निरन्तर क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सवै स्थानिय तहका साथै प्रदेश र केन्द्रसम्म आफुले आवश्यक समन्वय गर्ने र जिल्लाको समग्र विकासमा सँधै क्रियाशिल रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो