१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बानेश्वरमा संसद् बैठक राखेर सत्तारुढ दलहरू बालुवाटारमा भेला

१३ चैत्र २०८१, बुधबार १२:५६

काठमाडौँ | बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक आधा घण्टा ढिलो सुरु भएको थियो । त्यसबेला सत्तापक्षका शीर्ष नेताहरू संसद भवनभित्र थिएनन् । उनीहरू बालुवाटनारमा सत्तापक्षको बैठकमा भेला भएका थिए ।

शीर्ष नेताहरू मात्रै नभएर संसद बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।

यता संसद भवनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग्दै विपक्षीले अवरोध गरे ।

उता बालुवाटारमा सत्तापक्षको बैठक सुरु भयो । यता सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर अर्को बैठकका लागि वातावरण बनाउन लागि परे । तर, सत्तापक्षकै प्रमुख सचेतक बालुवाटार छन् ।
बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।

यता बानेश्वरमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका छन् । सभामुख देवराज घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भनेर विपक्षीलाई सम्झाउन खोजेका थिए । त्यतिबेला संसद भवनमा प्रधानमन्त्री भएको भए जवाफ दिन्छु भन्न सक्थे वा वातावरण सहज बनाउन प्रधानमन्त्रीको भूमिका हुन सक्थ्यो । तर, प्रधानमन्त्री संसद भवनमा नभएर बालुवाटारमा सत्तापक्षको बैठकमा थिए ।

बालुवाटारमा जारी सत्तापक्षको बैठकमा अनय सत्तापक्षका शीर्ष नेताहरू पनि उपस्थित छन । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायतका नेताहरू सहभागी छन् ।

यता बानेश्वरमा संसद बैठक सहज रुपमा चलाउन प्रमुख सचेतकको भूमिका खोजिरहेका छन् । तर, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे यता वालुवाटारमा सत्तापक्षको बैठकमा छन् ।

आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक सूचारु गर्नका लागि सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ’ मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण