टेक शाही/सुन १७, डोल्पा । जिल्ला निर्वाचन कार्यालय डोल्पामा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गर्नेको घुइचो लाग्ने गरेको छ । 

अहिले जिल्ला न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/सुन १७, डोल्पा । जिल्ला निर्वाचन कार्यालय डोल्पामा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गर्नेको घुइचो लाग्ने गरेको छ । 

अहिले जिल्ला न"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा फाटोसहितको मतदाता नामावली दर्ता गर्नेको घुइचो

१७ श्रावण २०७४, मंगलवार १०:२६


टेक शाही/सुन १७, डोल्पा । जिल्ला निर्वाचन कार्यालय डोल्पामा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गर्नेको घुइचो लाग्ने गरेको छ । 

अहिले जिल्ला निर्वाचन कार्यालयमा दैनिक १ सय ५० जना सम्म फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउने गरेको निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

श्रावण १ गते देखि १६ गते सम्म महिला ३ सय ९६ र पूरुष ४ सय १३ जना गरि जम्मा ८ सय ९ जनाले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गरएको निर्वाचन अधिकारि राम बहादुर बुढाले बताए । उनले भने मतदाताहरु उल्लासका साथ नाम दर्ता गारउन आएको र दैनिक रुपमा बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म निरन्तर सेवा प्रदान गर्ने गरेका छौ बुढाले थपे । 

निर्वाचन आयोगले यहि श्रावण १ गते देखि ३२ गते सम्म फोटो सहितको मतदाता नामावलिमा नाम भर्ने समय दिएको छ । स्थानिय निर्वाचनमा भोट हाल्न पाएनौ बल्ल थाहा भयो त्यसैले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउन ३ दिन बसेर भए पनि नाम दर्ता गराए काँइके गाँउपालिकाकी छिरिङ्ग लामु बुढाले बताइन । 

नागरिक्ता बनाएर सिधै निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गाराउन आए अब त पक्का भोट हाल्न पाउछु भन्दै काइके गाँउपालिका कै पाल्जोर बुढाले खुसि ब्यक्त गरे । खर्च जति लागे पनि कुनै समस्या छैन भोट हाल्ने हुन पाउनु ठुलो कुरा भएको पाल्जोरले भने ।


डोल्पा जिल्लाका ८ वटै स्थानिय तहमा घुम्ती टोलि खटाइ सकेको र श्रावण ३२ गते सम्म सबै स्थानिय तह र जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गारउने निर्वाचन अधिकारि राम बहादुर बुढाले बताए । स्थानिय तहको निर्वाचनमा भोटको मह्त्व बुझे पछि स्थानियहरुको घुइचो निर्वाचन कार्यालयमा लागेको बुढाले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा ठुली भेरि नगरपालिकाको माझफाल,ज्फाल र काँइके गाँउपालिकाका सबै भन्दा धेरै नाम दर्ता गराउन आएको र अन्य सबै ठाँउमा कर्मचारि खटाइ सकेको निर्वाचन कार्यालयले जानकारि दिएको छ । श्रावण ३२ गते सम्म डोल्पा जिल्लामा २ हजार ५ सय मतदाताको फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गाराउने लक्ष्य रहेको पनि कार्यालयले जानकारि दिएको छ । 

फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउनको लागि पनि जिल्ला प्रशासनमा नागरिक्ता बनाउनेको सख्या धेरै रहेको छ । दैनिक २० देखि ५५ वटा सम्म नागरिक्ता बितरण हुने जिल्ला प्रशासन कार्यालयले जानकारि दिएको छ । जिल्ला प्रशासनमा नागरिक्ता बनाउने र निर्वाचनमा गएर नाम दर्ता गारउने गरेको प्रशासनले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य