१६ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाकी एक अविवाहित युवतीको कथा : पेट दुखेर जँचाउन आउँदा देखियो बच्चा !

१३ चैत्र २०८१, बुधबार १५:१९

काठमाडौँ | – डा अखण्ड उपाध्याय | हाम्रो अस्पतालको ओपीडी सधैं व्यस्त हुँदैन तर विदाको अर्को दिनचाहिँ चाप नै हुन्छ । २०८१ चैत्र ३ गते पनि त्यस्तै भीडभाड थियो। करिब ८५ जना बिरामीहरु ओपीडीमा आउनुभएको थियो, ओपीडी ड्युटीमा रहेको दुईजना चिकित्सकले बिरामी हेर्दै थियौँ, मेरो ओपीडीमा पनि बिरामी कोही रिपोर्ट देखाउन त कोही चेकजाँच गर्न लाममा हुनुहुन्थ्यो ।

करिब ३ बजेको थियो, एकजना बिरामी जस्लाई अर्को डाक्टरले हेर्नुभएको थियो, हातमा रिपोर्ट समातेर आउनुभयो। रिपोर्ट थाइरोइडको थियो। रिपोर्ट हेरे नर्मल थियो, किन गराउनु भएको भनेर सोधें । पहिले नेपालगञ्न जँचाउँदा थाइरोइड छ भन्नुभएको थियो त्यसैले भनेर उत्तर दिइन्। यो जाँच ३–३ महिनामा गराउनु भनेका रहेछन्। पुर्जामा २३ वर्ष, नाम मिना ९परिवर्तित नाम० । मैले विवाहबारे सोधें । उनले छैन भनिन्। यो प्रश्न म प्राय सोधिरहन्छु, किनकि यहाँ १४र१५ वर्षको उमेरमा पनि विवाह गर्नेहरु भेटिन्छन्। उनले हातखुट्टा दुख्ने गरेको बताइन्। मैले जाँचेरै दुखाई कम गर्ने सामान्य औषधि राखें, उनी निस्किइन्। अनि म पनि ओपीडी बन्द गरेर निस्कनै लागेको थिएँ, फेरि उनी भित्र छिरिन्। डाक्टरले भिडियो एक्सरे गर्ने पनि भनेको बताइन्, मैले सोधें ‘एक्सरे कि भिडियो एक्सरेरु’ उनले पेट दुख्ने भएकाले भिडियो एक्सर बताइन्। सेतो पानी बगिरहहने बताइन्। घडी हेरें, ४ बजेको रहेछ। घर सोधें- उनको ठेगाना अनुसार दुनै आउन एकदिन नै लाग्ने रहेछ। भोलि आउनु भन्न सकिनँ र इमर्जेन्सीबाट बिल कटाएर आउन सुझाएँ। ‘पैसा छैन बुबाबजार जानु भएको छ’ भनिन्। मैले फोटो दिन्नँ, मैले जति सक्छु त्यति हेर्छु भनें। उनले सहमति जनाइन्, खाटमा सुतिन्, अनि भिडियो एक्सरेको प्रोवमा जेल राख्नु पहिले पेट छामे सारो लाग्यो, फेरि सोधे बिहे भएर ढाटेको त होइन नि१ उनले ‘होइन, छैन’ भनिन्।

प्रोव राखें म आफै झसंग भएँ। बच्चा जस्तो लाग्यो, मनिटरमा अप्सन चेन्ज गरें गाइनेबाट अब्समा लगें, अनि हेरे त्यो बच्चा नै थियो । उनलाई साधें– बच्चा छ त बहिनी। उनि जुरुक्क उठिन्, मनिटरमा फ्रिज भएको तस्बिर हेरिन्। अनि मैले फेरि सुन्न भनें। फेरि हेरें १९ हप्ताको बच्चा देखियो। उनलाई भने १९ हप्ताको रहेछ, उनी फेरि उठिन्। मुखको माक्स खोलेर त्यही माक्सले आँखामुख छोपेर रुन थालिन्। अनि उनको मोबाइलमा घण्टी बज्यो, उनको बुवाले ‘कहाँ छै, घर जाउँ’ भनेको सुनियो। उनले आफू जाँच गराइरहेको बताइन्। उताबाट आफू त्यहीँ आउन लागेको बताए तर उनले स्थानीय लवजमा भनिन्, ‘पर्दैन अब आइजान्छु ताहीँ बस्नु।’

उनलाई सोधेंं( बाआमालाई थाहा छरु रुँदै भनिन् ुछैन, मैकन मार्छन् थापाया भन्या’ भनेर रुन थालिन्। २३ वर्षकी उनलाई गोपनियता कायम राख्ने भरोसा दिलाएँ। उनले बच्चा फालिदिन भन्न थालिन्। मैले नियमले त्यस्तो गर्न नमिल्ने भनेर सम्झाएँ।

मैले सोधेको कुरा ढाटेनौं भने सहयोग गर्न सक्ने बताएँ। मैले सोधें– गर्भवती बनाउने मान्छे चिनेको छौँ नाइँरु अहिले पनि त्यो मान्छेसँग कुरा गर्छौ कि नाइँ रु’ दुवै प्रश्नको उत्तर टाउको हल्लाएर दिइन्। मैल केटालाई फोन गगर्न भनें। डाक्टरले पेटमा बच्चा रहेको कुरा बताएको उल्लेख गर भनेर सुझाएँ। उनी अलमलिइन् तिमीलाई दुःख दिने कुरा गर्यो भने चाहिँ मुद्दा हाल्नु। होइन भने अहिले नै मुद्दा हाल, बच्चा फाल्नका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सुर्खेतमा पठाउँला भनें।

उनले त्यसपछि कुरा खोलिन्, ‘म काम विशेषले उसको अफिसमा जान्थें, एकदिन उसले तिमी मन पर्‍यो । विवाह गरौं भनेर प्रस्ता राख्यो । मेरो काम पनि सहज गरिदिएकाले मैले पनि मन पराउन थालेको थिएँ। मैले मख्ख परेर हुन्छ भनें। एक हप्ताजति पछि फोन गरेर बोलायो। विवाह गर्ने भएपछि आज सँगै बसौं भन्यो। मैले हुँदैन भनें तर उसले डर देखायो, अनि धम्कायो। सँगै बस्न मानिनौ भने हाम्रा फोटोहरु सबैलाई देखाउँछु भनेर धम्क्यायो। त्यसपछि बाध्य भएर म उसँग बसें । साँझको समयमा मलाई जबरजस्ती नै गर्यो। अझ मैले बच्चा बस्यो भने समस्या हुन्छ भनें । उसले बस्दैन भन्यो । त्यो दिन करिब बिहानको ६ बजे तिर मलाई कोठाबाट निकालेर बाटोसम्म पुर्‍यायो । अनि म घर गएँ, करिब ८÷१० दिनमा फेरि मलाई फोन गर्यो। फेरि किन नआएको आजकल भनेर भन्यो। मैले आउँदिन अब भनेंर उसले रि अस्तिको भिडियो बनाएको छ, खुरुक्क आउनु नत्र सबैलाई देखाइदिन्छु भन्यो। त्यसपछि नगइ सुख भएन र गए योपटक त झन् दिउसै उस्ले आफ्नो कोठामा लग्यो। तर यसपटक भने ऊ नेपालगञ्ज जाँदै थियो । अहिले जान्छु, फर्केर आएपछि तिमिलाई लगौला भनेर हिँडेको हो, त्यो बिचमा हाम्रो कुरा भैरहेको छ। ऊ आएको छैन।

मैलदे सोधें– बच्चा बसेको छ भनेर थाहा पाएनौ रु १९ हप्ताको गर्भ थाहा हुनु पर्ने। महिनावारी नभएपछि किन जँचाउन गएनौ रु उनले आफ्नो महिनावारी गडबड भइरहने बताइन्। पेट दुख्ने र बान्ता आउनुका साथै सेतोपानी बगिरहने भएपछि आएको बताइन्। उनको मोबाइलमा फेरि घण्टी बज्यो, उताबाट बोल्ने मान्छेको आवाज सुनिएन तर उनले ‘त्यहीँ बस्नु म डाक्टरलाई देखाएर आउँछु’ भनिन्। उनले फेरि रुँदै बालाई नभन्न अनुनय गरिन्।

उलाई मैले भनें, ‘म त नभनौंला तर बच्चा पाएपछि के गर्छ्यौरु’ उनले आफू घर गएसिछ त्यो केटासँग कुरा गर्ने र त्यसपछि आउने बताइन्। उनले ‘कि उसले बिवाह गरेर लानुपर्यो कि त फाल्नु लैजानु पर्यो’ भनिन्। मैले प्रहरीकोमा उजुरी गर्न सुझाएँ । तर उनले अहिले नगर्ने बताइन्। मैले केही समस्या परे आउनु भन्दै उनलाई आवश्यक स्वास्थ्य सल्लाह दिएर पठाएँ।

यो प्रतिनिधि घटना हो। डोल्पाको बदलिँदो परिवेशले अविवाहित नयुवतीहरु गर्भवति हुने क्रम बढ्दो छ। कतिजनाले पहिल्यै थाहा पाउँछन् र बजारमा महंगोमा औषधि किनेर बच्चा फाल्छन्। केही आफ्नो गर्भमा बच्चा रहेको थाहा नपाएर बसेका हुन्छन्। अप्ठ्यारो भएपछि भिडियो एक्सरे गर्दा थाहा पाउँछन्। अस्पतालबाट निस्केपछि हराउँछन्, अस्पतालबाट गएर हराउनेहरु कहाँ जान्छन्रु के गर्छन्रु थाहा हुँदैन। त्यसरी हराउनेहरु प्राय आमासँग अस्पताल आएका हुन्छन्। कतिलाई फोन सम्पर्क गरेर सोध्दा कुरा मिलिसक्यो भन्छन्। विद्याालय पढ्ने नानीहरु, अनि घरको उब्जनी बेच्न आउने नानीहरु अनि कतै सामान्य काम गर्ने नानीहरुलाई सहजै फकाएर वा धम्काएर शारिरिक सम्पर्क गर्ने र भाग्ने नरपिचासहरु छन्। यति भनिरहँदा रमाइलोको लागि सामान्य चिनजानको मान्छेसँग फोनम्बर साटासाट गरेर केही दिनमै शरिर सुम्पने नानिहरुले भविष्य किन सोच्दैनन् होला ?

माथिको मिना (परिवर्तित नाम) बहिनी पनि केही बाध्यता, अनि केही विश्वास, अनि केही रमाइलोको कारण अविवाहति हँदै गर्भवती भएकी हुन् । आज यो लेखिरहँदा पनि सोच्छु– आखिर उनी र त्यो केटाबीच के कुरा भयो होलारु उनले के गरिन् होला, त्यो गर्भको बच्चालाई रु घरमा बाआमाले थाहा पाएको भए के गरे होलान्रु समाजले थाहा पाएको भए के गर्यो होलारु

(डा उपाध्याय डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत हुन्)-स्वास्थ्यखबर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरि दोषीलाई कारबाही हुन्छ – गृहमन्त्री गृहमन्त्री लेखक माओवादी केन्द्रीय कार्यालय पुगे रास्वपाद्वारा तीनकुने घटनाको उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग तीनकुने क्षेत्रको कर्फ्यु हट्यो दुर्गा प्रसाईं फरार, बिभिन्न प्रहरी युनिटले खोजि गर्दै मन्त्रिपरिषद् बैठक सकियो, के निर्णय भयो ? राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, आन्दोलन संयोजक धवलशमशेर सहित १७ जना पक्राउ आगजनी र लुटपाट गराएको अभियोगमा दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि तीनकुनेमा राजावादीकाे आन्दाेलन : प्रहरीको गोली लागी घाइते एकको मृत्यु विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक अराजकताको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंलाई बनाउँछौं– गृहमन्त्री लेखक  कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री राजावादी प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ? तीनकुने घटना सुरुवात मात्र हो : रविन्द्र मिश्र प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​ शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु तीनकुने क्षेत्रमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, घर जानू एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड