१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी महिलालाई बन्धक बनाएर फिरौती मागेपछि…

१४ चैत्र २०८१, बिहीबार १२:२७

काठमाडौँ | नेपाल घुम्न आएकी एकजना अमेरिकी नागरिकलाई बन्धक बनाई मोटो रकम फिरौती मागेको आरोपमा नुवाकोटकी एकजना महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–४ की ३७ वर्षीया सरिता लामा हुन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

घटना विवरणअनुसार ७० वर्षीया एकजना अमेरिकी महिला आफ्ना साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि आएकी थिइन्। सोही क्रममा लामासँग चिनजान भयो। नेपालमा रहँदा घुम्ने ठाउँहरुबारे लामासँग जानकारी लिइन्।


पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको एक होटलमा बसिरहेकी ती अमेरिकीलाई लामाले आफ्नो घरमा लैजान्छु भनिन्। घर नलगी होटलमै बन्धक बनाएर फिरौती माग्न थालिन्। शरीर बन्धक बनाई फिरौतीस्वरुप ३ लाख युरो (करिब साढे ४ करोड रुपैयाँ) मागेको भन्ने सूचना गत ११ चैतमा नेपालस्थित अमेरिकी दूतावासले प्रहरीसमक्ष पुग्यो। घटना अनुसन्धानका लागि कास्की प्रहरी खटियो।

कास्की प्रहरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा ती अमेरिकीलाई हेटौँडा उपमहानगरपालिका १९, नेवारपानीबाट उद्धार गर्नुका साथै लामालाई ११ चैतमा पक्राउ गर्न सफल भएको हो।

कास्की प्रहरी प्रमुख एसपी ओलियाले अनुसन्धानका क्रममा ती अमेरिकीसँग लामाको सम्पर्क सामान्य रहेको बताए। नेपाल आइसकेपछि घरमा लैजान्छु भनेर पोखराबाट लगेको भए पनि हेटौँडा हुँदै पर्सातिर लगेको भेटिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर