2026-09-20 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले जवाफ नदिने, प्रतिपक्षीले प्रधानमन्त्री नबोले सदन चल्नै नदिने

काठमाडौँ | कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा जवाफ दिन सरकार तयार भएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारका तर्फबाट कसैले जवाफ दिने, प्रधानमन्त्रीले नदिने बताएका हुन्।

सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूको छलफल चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भेटेर फर्किएका बर्तौलाले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीले यस विषयमा जवाफ नदिने तर सरकारको तर्फबाट कसैले जवाफ दिने बताउनु भयो।’

उता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रधानमन्त्रीबाहेक कसैले जवाफ दिने कुरामा सहमति नहुने बताउँछन्।

‘यस विषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ। प्रधानमन्त्रीबाहेक कसैले पनि जवाफ दिने विषयमा सहमति हुँदैन।’

सोमबारको मन्त्रिपरिषद्को बैठकले चार महिनामात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि यस विषयले सदनमा प्रवेश पाएको हो।

कुलमानलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ। उनले पदभार ग्रहण गरेर दीर्घकालीन महत्वका निर्णयहरू समेत गर्न थालिसकेका छन्।

कुलमानको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित संघीय संसद्‌का दुवै सदन अवरुद्ध छन्।
राष्ट्रियसभा आज चलेर पनि अवरुद्ध भइसकेको छ। भने प्रतिनिधिसभा सञ्चालन नहुन सकेको छैन। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि डाकिएको थियो।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग यसै विषयमा छलफल गर्न बैठक राखेका थिए। छलफलमा सहमति नभएपछि संसद् बैठक बस्दै नबसी २ बजेसम्मका लागि स्थगित गरिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको थियो। तर ३ बजिसक्दासमेत बैठक बस्न सकेको छैन।

घिसिङले पनि आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो