२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

धनकुटामा खोज पत्रकारिता तालिम

११ मंसिर २०७२, शुक्रबार २१:१६

प्रकाश धौलाकोटी/मङ्सिर १२, तेह्रथुम । नेपाल पत्रकार महासंघको आयोजनामा पुर्वका तेह्रथुम, धनकुटा र संखुवासभाका पत्रकारहरुका लागि सूचनाको हक र खोज पत्रकारिता सम्बन्धी ५ दिने तालिम शुक्रबारबाट धनकुटामा सूरु भएको छ ।

पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजित तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगरले पत्रकारहरु पेशागत आचारसंहितामा इमान्दार हुनुपर्ने बताउनुभयो ।

समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल सरकारले हालै सुरु गरेको पत्रकार दुर्घटना विमाकालागि आवेदन दिन र महासंघको समन्वयमा भएको कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । महासचिव मगरले संचार माध्यमले नियुक्ति पत्र विना नै काम लगाउने र श्रमशोषण गर्ने गरेको स्मरण गर्दै त्यसबाट बच्न विना नियुक्ति पत्र मिडिया हाउसमा काम गर्न नथाल्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पुर्वान्चल सहसंयोजक गणेश लम्साल र नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमिति उपाध्यक्ष विजय सन्तोषी राईले देशको अहिलेको संक्रमणकालिन अवस्थामा हुनसक्ने दुर्घटनाबाट बच्न र देशलाई बचाउन पत्रकारहरुले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तीन जिल्लाका तीन दर्जनबढी पत्रकारहरु सहभागी तालिमको सहजीकरण बरिष्ठ पत्रकार हस्त गुरुङ र यज्ञ शर्मा, नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर र केन्द्रिय सदस्य गणेश लम्सालले सहजीकरण गरिरहनुभएको छ । तालिम आगामी मंगलबार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…