२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

धनकुटामा खोज पत्रकारिता तालिम

२०७२, ११ मंसिर शुक्रबार २१:१६

प्रकाश धौलाकोटी/मङ्सिर १२, तेह्रथुम । नेपाल पत्रकार महासंघको आयोजनामा पुर्वका तेह्रथुम, धनकुटा र संखुवासभाका पत्रकारहरुका लागि सूचनाको हक र खोज पत्रकारिता सम्बन्धी ५ दिने तालिम शुक्रबारबाट धनकुटामा सूरु भएको छ ।

पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजित तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगरले पत्रकारहरु पेशागत आचारसंहितामा इमान्दार हुनुपर्ने बताउनुभयो ।

समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल सरकारले हालै सुरु गरेको पत्रकार दुर्घटना विमाकालागि आवेदन दिन र महासंघको समन्वयमा भएको कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । महासचिव मगरले संचार माध्यमले नियुक्ति पत्र विना नै काम लगाउने र श्रमशोषण गर्ने गरेको स्मरण गर्दै त्यसबाट बच्न विना नियुक्ति पत्र मिडिया हाउसमा काम गर्न नथाल्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पुर्वान्चल सहसंयोजक गणेश लम्साल र नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमिति उपाध्यक्ष विजय सन्तोषी राईले देशको अहिलेको संक्रमणकालिन अवस्थामा हुनसक्ने दुर्घटनाबाट बच्न र देशलाई बचाउन पत्रकारहरुले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तीन जिल्लाका तीन दर्जनबढी पत्रकारहरु सहभागी तालिमको सहजीकरण बरिष्ठ पत्रकार हस्त गुरुङ र यज्ञ शर्मा, नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर र केन्द्रिय सदस्य गणेश लम्सालले सहजीकरण गरिरहनुभएको छ । तालिम आगामी मंगलबार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन