सल्यानमा विद्यालयमा सहयोग गर्नेको नाम सहितको शिलालेख राखियो

Posted on: 02 Aug, 2017

साउन १८, सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं। २ मा जनता माध्यामिक विद्यालय बुरासे टाकुरामा मंगलबार  शिलालेख उद्घाटन गरिएको छ । 

वडा अध्यक्ष पे्रम बहादुर खडकाले सिलालेख उदघाटन गरेका हुन । २०७२ सालको देउसी भैलो कार्यक्रमको विशेष आर्थिक सहयोगबाट शिलालेख उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक लालसिङ्ग वलीले बताएका छन ।

कार्यक्रममा आर्थिक बर्ष २०७३÷७४ को विद्यालयको आयव्यय सार्बजनिक गर्नुका साथै जनप्रतिनिधिहरुलाई स्वागत पनि गरिएको छ । त्यस्तै विद्यालयको शैक्षिक अभियान लागी सन्चालन गरेको क्रसमसफन्दको अचल सम्पति करिब १३ लाख रहेकोमा आज वडा प्रतिनिधिहरुले संस्थागत रुपले ३५ हजार जम्मा गरेका छन । 


यसैबिच सहिदहरुको सम्झनामा ५ लाख बराबरको सहिद स्मृति अक्षयकोष समेत स्थापना गरिएको छ ।  सहिदहरु खला केसी, मोतिराम बस्नेत, चक्र बहादुर बस्नेत र बल बहादुर बस्नेतको सम्झनामा करिब ५ लाख बराबरको सहिद स्मृति अक्षयकोष स्थापना गरिएको हो । सो रकम बाट ब्याज आएको पैसाले बिद्यालयका बालबालिकाहरुलाई पढाई सामाग्री प्रदान गरिने प्रधानाध्यापक लालसिङ्ग वलीले जानकारी दिए । विव्यस अध्यक्ष चित्र बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पे्रम बहादुर खडकाको प्रमुख आथित्यता रहेको थियो । 

कार्यक्रममा सस्थापक सदस्य जोगमान बस्नेत, वडाका प्रतिनिधिहरु, र सहित परिवारजनको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षक भद्रविर वलीले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!