२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता पनि पक्राउ

१८ चैत्र २०८१, सोमबार १२:००

काठमाडौँ  | काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका छन्। रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति समेत रहेका डा. राजकुमार राई पक्राउ परेका हुन्।

दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ। थप व्यक्तिहरु पनि पक्राउ गर्नेक्रम रोकिएको छैन। रावाबेसी गाउँपालिका १ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। पहिलो पटक उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

गएको पुस १३ गते राई खोटाङको जिल्ला अध्यक्षमा पराजित भएका थिए। केन्द्रीय सदस्य तोसिमा कार्कीको उपस्थितिमा भएको जिल्ला अधिवेशनबाट मुकुन्दकृष्ण थापा जिल्ला अध्यक्षमा निर्वाचित हुँदा राई फराकिलो अन्तरले पराजित भएका थिए।

थापाले ३० मत पाउँदा डा. राईले ६ मत मात्रै पाएका थिए। तर डा. राई अध्यक्षमा पराजित भएपछि पार्टीका गतिविधिमा निस्क्रिय बन्दै गएको जिल्ला अध्यक्ष थापाले दाबी गरे।

‘पहिले उहाँ निर्वाचन क्षेत्र सभापति हुँदा म सचिवमा निर्वाचित भएको थिएँ। पछि उहाँ र म अध्यक्षमा भिडेका थियौँ। मैले चुनाव जितेँ। जिल्ला भेलामा पराजित भएपछि उहाँ पार्टीका कुनै पनि बैठकमा सहभागी हुनुभएन। पार्टीमा निस्क्रिय हुनुहुन्थ्यो,’ थापाले भने।

राजावादीतिर नजिक भइरहेको आफूले पनि थाहा पाएको उनले बताए।

‘उहाँलाई हामीले कारबाही पनि गर्न सक्थ्यौँ पार्टीको विधिविधान विपरित चलेको भनेर। तर पार्टी बिबादमा मुछिन्छ राम्रो हुँदैन भनेर गरेनौँ। अहिले त राजावादीको आन्दोलनमा लागेर पक्राउ पर्नुभयो भन्ने सुन्दैछु,’ थापाले भने।

६३ वर्षका राईलाई अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रहरीले म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ। उनीसहित पक्राउ परेका ४१ जनाले विभिन्न आपराधिक गतिविधि गरेको प्रहरीको आरोप छ। पक्राउ पर्नेमा अन्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्। पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

उनीहरुले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए।

यी आधारमा उनीहरुमध्ये ११ जनालाई तीन कसुरमा र बाँकी ३० जनालाई दुई वटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी