१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान

१९ चैत्र २०८१, मंगलवार १४:०६

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा भाग लिनका लागि आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो ।

उनी भोली अर्थात् अप्रिल २ मा त्यहाँका थाइल्यान्डका प्रधानमन्त्री पाइतोनगतार्न सिनावात्रासँग दुई पक्षीय भेटघाट गर्नुको साथै केही विषयवस्तुमा समझदारी पनि गर्नेछन् । प्रधानमन्त्री ओली अप्रिल ४ मा बिमस्टेकलाई सम्बोधन गर्नेछन् ।

अप्रिल २ मा बिमस्टेक सदस्यहरू राष्ट्रका उच्च अधिकारीहरूको बैठक बस्ने भने अप्रिल ३ मा विदेशमन्त्रीस्तरीय बैठक बस्ने बताइएको छ ।

बिमस्टेकको अध्यक्षको रूपमा थाइल्याण्डले “बिमस्टेक बैंकक भिजन २०३०’’ तय गरेको छ । जसको उद्देश्य २०३० सम्ममा समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रो– बिमस्टेक) निर्माण गर्नु हो ।

यो भिजनले शान्ति, स्थिरता, आर्थिक वृद्धि र दिगोपन प्राप्त गर्न बंगालको खाडीको सहकार्यको लागि स्पष्ट दिशा र प्राथमिकताहरू तय गर्दछ भनिएको छ । थाइल्यान्डको राजधानी बैंककमा अप्रिल ३ देखि सुरु हुने छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) समिटको दृष्टिकोण प्रो–बिमस्टेक बनाएको छ ।

पी फोर प्रोफेरियस अर्थात् समृद्ध, आर फोर रेजिलेन्ट अर्थात् लचिलो र ओ फोर ओपन अर्थात् खुल्ला । छैटौँ बिमस्टेक शिखर सम्मेलन समृद्ध, लचिलो र खुल्ला बिमस्टेक (प्रो–बिमस्टेक) को दृष्टिकोणमार्फत क्षेत्रको विकासमा एक महत्त्वपूर्ण कदम हुने थाइल्याण्ड सरकारको जनसम्पर्क विभागले जनाएको छ ।

विभागका अनुसार व्यापार, लगानी र दिगो विकासलाई प्रवर्द्धन गरेर गरिबी निवारणलाई तीव्र बनाउने र सबै पक्षबिच सहयोग बढाउँदै देशलाई समृद्ध बनाउने दृष्टिकोण राखिएको छ । लचिलोका लागि विभागले कृषि, पशुधन र मत्स्यपालनमा उत्पादकत्व वृद्धि गर्ने, साथै स्वास्थ्य संकटको लागि तयारी बढाउने उल्लेख गर्दै बहु–सरोकारवाला दृष्टिकोण प्रयोग गरेर दिगो पर्यटन प्रवर्द्धन गर्नका लागि खुल्ला राख्ने दृष्टिकोण तय गरेको छ ।

यो समिटले साझा सुरक्षा र विकासात्मक चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरू बिच सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यसले समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रोबिमस्टेक)को लक्ष्य प्राप्त गर्न भइरहेका प्रयासहरूलाई नयाँ गति प्रदान गर्ने दाबी गरिएको छ ।

समिटले सदस्य राष्ट्रहरूलाई उनीहरूको साझा सुरक्षा र दिगो विकास चुनौतीहरूको सामना गर्न सक्षम बनाउनका लागि क्षेत्रीय सहयोग निर्माणमा बिमस्टेकको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने