2026-09-20 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा भाग लिनका लागि आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो ।

उनी भोली अर्थात् अप्रिल २ मा त्यहाँका थाइल्यान्डका प्रधानमन्त्री पाइतोनगतार्न सिनावात्रासँग दुई पक्षीय भेटघाट गर्नुको साथै केही विषयवस्तुमा समझदारी पनि गर्नेछन् । प्रधानमन्त्री ओली अप्रिल ४ मा बिमस्टेकलाई सम्बोधन गर्नेछन् ।

अप्रिल २ मा बिमस्टेक सदस्यहरू राष्ट्रका उच्च अधिकारीहरूको बैठक बस्ने भने अप्रिल ३ मा विदेशमन्त्रीस्तरीय बैठक बस्ने बताइएको छ ।

बिमस्टेकको अध्यक्षको रूपमा थाइल्याण्डले “बिमस्टेक बैंकक भिजन २०३०’’ तय गरेको छ । जसको उद्देश्य २०३० सम्ममा समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रो– बिमस्टेक) निर्माण गर्नु हो ।

यो भिजनले शान्ति, स्थिरता, आर्थिक वृद्धि र दिगोपन प्राप्त गर्न बंगालको खाडीको सहकार्यको लागि स्पष्ट दिशा र प्राथमिकताहरू तय गर्दछ भनिएको छ । थाइल्यान्डको राजधानी बैंककमा अप्रिल ३ देखि सुरु हुने छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) समिटको दृष्टिकोण प्रो–बिमस्टेक बनाएको छ ।

पी फोर प्रोफेरियस अर्थात् समृद्ध, आर फोर रेजिलेन्ट अर्थात् लचिलो र ओ फोर ओपन अर्थात् खुल्ला । छैटौँ बिमस्टेक शिखर सम्मेलन समृद्ध, लचिलो र खुल्ला बिमस्टेक (प्रो–बिमस्टेक) को दृष्टिकोणमार्फत क्षेत्रको विकासमा एक महत्त्वपूर्ण कदम हुने थाइल्याण्ड सरकारको जनसम्पर्क विभागले जनाएको छ ।

विभागका अनुसार व्यापार, लगानी र दिगो विकासलाई प्रवर्द्धन गरेर गरिबी निवारणलाई तीव्र बनाउने र सबै पक्षबिच सहयोग बढाउँदै देशलाई समृद्ध बनाउने दृष्टिकोण राखिएको छ । लचिलोका लागि विभागले कृषि, पशुधन र मत्स्यपालनमा उत्पादकत्व वृद्धि गर्ने, साथै स्वास्थ्य संकटको लागि तयारी बढाउने उल्लेख गर्दै बहु–सरोकारवाला दृष्टिकोण प्रयोग गरेर दिगो पर्यटन प्रवर्द्धन गर्नका लागि खुल्ला राख्ने दृष्टिकोण तय गरेको छ ।

यो समिटले साझा सुरक्षा र विकासात्मक चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरू बिच सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यसले समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रोबिमस्टेक)को लक्ष्य प्राप्त गर्न भइरहेका प्रयासहरूलाई नयाँ गति प्रदान गर्ने दाबी गरिएको छ ।

समिटले सदस्य राष्ट्रहरूलाई उनीहरूको साझा सुरक्षा र दिगो विकास चुनौतीहरूको सामना गर्न सक्षम बनाउनका लागि क्षेत्रीय सहयोग निर्माणमा बिमस्टेकको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो