१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा

१९ चैत्र २०८१, मंगलवार १४:४७

काठमाडौँ | पछिल्लो समय अमेरिकाबाट डिपोर्ट भएका भुटानीहरू फेरि नेपाल प्रवेश गरेर शरणार्थीको रूपमा बसेको पाइएको छ।  अमेरिकी सरकारले अवैध बसोबास गरेको भन्दै भुटानमा ल्याएर बुझाइएका शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गरेका हुन्।

पछिल्लो एक हप्तामा चार जना त्यस्ता व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ।  गए राति पनि सशस्त्र प्रहरीले एक जना भुटानी शरणार्थीलाई नियन्त्रणमा लिएको छ। अमेरिकाले डिपोर्ट गरी भुटान पठाएको र भुटानले लखेटेपछि नेपाल प्रवेश गर्न लागेका ३० वर्षीय अशोक गुरुङलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

लामो समयसम्म नेपालमा शरणार्थीको रूपमा बसेर अमेरिका पुगेका गुरुङ अमेरिकी सरकारको डिपोर्टमा परेका व्यक्ति भएको सुरक्षा निकायले जनाएको  छ। सशस्त्र प्रहरीले  मेचीनगर नगरपालिका –४ को मिलनटुङ्ग सीमा नाकामा  गुरुङलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गुरुङलाई सोधी खोजी गर्दा  परिचय खुल्ने कुनै पनि कागजात नभएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका गुरुङलाई अध्यागमन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

गत शनिबार पक्राउ परेका तीन जनाको सम्बन्धमा समेत अध्यागमन कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ।  अमेरिकाले डिपोर्ट गरेपछि भुटानबाट भारत हुँदै झापा छिरेका तीन जना पूर्व शरणार्थीलाई शनिबार इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको थियो। झापाको दमकस्थित बेलडाँगी शिविरबाट  पक्राउ  परेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ अहिले अध्यागमन कार्यालयको नियन्त्रणमा छन्।

अमेरिकाबाट निष्कासित भएर भुटान फर्केका पूर्व शरणार्थीहरूलाई भुटान सरकारले आफ्नो देशमा बस्न नदिई भारतबाट नेपाल लखेटेको अनुसन्धानको क्रममा खुलेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।  यसरी पक्राउ परेर अनुसन्धानमा आएकाहरू पहिला नेपालको भुटानी शरणार्थी शिविरमा बसेका र अमेरिकी सरकारले भुटान डिपोर्ट गरेका व्यक्तिहरू रहेको उनीहरूले अनुसन्धानको क्रममा बताएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले जानकारी दिए।

‘अहिले पक्राउ परेकाहरूले अमेरिकाले डिपोर्ट गरेपछि भुटान पुगेपछि त्यहाँबाट भारत हुँदै नेपाल आएको बताउने गरेका छन्’, उनले भने, ‘यो विषयमा कुनै पनि कागजात नभेटिएकोले त्यो सबै प्रमाणहरू मगाउने काम भइरहेको छ।’

कति शरणार्थीलाई अमेरिकाले भुटान ल्याएर छाड्यो र उनीहरू नेपालसम्म आइपुगे भन्ने तथ्याङ्क कसैसँग पनि छैन। भुटानी शरणार्थी भनिए पनि उनीहरूसँग कुनै पनि प्रमाण भेटिएको छैन।  १० जनालाई डिपोर्ट गरेर भुटान छाडेको भनिए पनि ४ जना पक्राउ परिसकेको र अरू कहाँ छन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग