Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

प्रहरीको स्पष्टीकरण– उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ

By साझासवाल

काठमाडौँ | नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ । चैत १५ गते तीनकुनेमा भएको घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, प्रहरीले चैत १५ गते दिउँसो २:५४ बजे गोली चलाएको थियो ।

“स‍बै उत्तेजित भिडका कारण घटेको घटना हो । अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो,” उनले भने ।