२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राष्ट्रसेवकले नै राष्ट्रिय झन्डा नचिनेपछि…

२०७२, १७ मंसिर बिहीबार ०७:२६

national flagप्रकाश धौलाकोटी/मङ्सिर १७, तेह्रथुम । भक्तपुर नगरपालिका–१३ बस्ने लक्ष्मीनारायण शिल्पकार राष्ट्र बचाउने सन्देश फैलाउँदै नेपालको राष्ट्रिय बोकेर तेह्रथुम आइपुगेका छन् ।

चारवर्ष अघिबाट भक्तपुर स्थित आफ्नो घरमा रहेको राष्ट्रिय झन्डा फहराउँदै आएका शिल्पकारलाई छिमेकीहरु सँगै राष्ट्रसेवक कर्मचारीहरुले समेत यो झन्डा कुन पार्टीको हो ? भन्ने प्रश्न गरेपछि राष्ट्र बचाऊ भन्ने सन्देश फैलाउदै राष्ट्रिय झन्डा बोकेर देशव्यापी यात्राका क्रममा यहाँ आइपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो– देशको सुरक्षार्थ खटिएका प्रहरीले नै यो कुन पार्टीको झन्डा हो भनेर सोधे, मेरो मन मानेन, त्यसपछि यो राष्ट्रिय झन्डा हो भनेर चिनाउन पनि राष्ट्रिय झन्डा बोकेर देशव्यापी यात्रामा निस्किएको हुँ । नेपालको सुदरपुर्वको जिल्ला ताप्लेजुङबाट यात्रा प्रारम्भ गरेका शिल्पकारले राष्ट्रिय झन्डा बोकेर कन्चनपुरसम्म पुग्ने र सबै जिल्लामा राष्ट्रिय झन्डा चिनाउने लक्ष्य रहेको बताउनुभयो ।

राष्ट्रसेवकहरु नै आज राजनीतिक पार्टीका नाममा राष्ट्र र राष्ट्रियतालाई भुल्न लागेकोप्रति दुःख व्यक्त गर्दै उहाँले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि आम नागरिकलाई अनुरोध गर्ने बताउनुभयो ।

शिल्पकारले मंसिर ४ गते ताप्लेजुङबाट सो अभियान सुरु गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने