श्याम थापा/साउन २०, नवलपरासी । लगातार बर्षाको कारणले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केही वडाहरु डुबानमा परेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/साउन २०, नवलपरासी । लगातार बर्षाको कारणले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केही वडाहरु डुबानमा परेको छ । 

"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अबिरल बर्षाका कारण नवलपरासीका दुई गाउँपालिका डुबानमा

२० श्रावण २०७४, शुक्रबार १३:३५


श्याम थापा/साउन २०, नवलपरासी । लगातार बर्षाको कारणले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केही वडाहरु डुबानमा परेको छ । 

हिजो परेको अबिरल बर्षाको कारणले डुबानमा परेको हो । डुबानमा सुस्ता गाउँपालिकाको वडा न.१ रुपौलियाको बरुवा र प्रतापपुर गाउँपालिकाको वडा न.३ सेखनुवा र रेवा रेता बिनटोल साथै प्रतापपुर गाउँपालिकाको वडा न. ८ अन्र्तगत फटकिटोला डुबानमा परेको हो । 

डुबान परि सुस्ता गाउँपालिकाको वडा न.१ रुपौलियाको बरुवामा २० घर डुबानमा परेको छ भने प्रतापपुर गाउँपालिकाको रेवामा १५ घर सेखनुवामा २५ घर फटकिटोलामा ४० घर डुबानमा परेको छ । 

डुबान परि स्थानियहरुको खाद्यन्न,लताकपडा,फर्निचर सामग्रीहरु,आवश्यक कागजातहरु पानीले रुझाएर क्षति गरेको छ । डुबानले सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा मानविय क्षति नभएको तर भौतिक क्षति भने पुरयाएको छ । 


साथै त्यसैगरि सुस्ता गाउँपालिकाको वडा न. १ रुपौलियाको बरुवामा नव बि.पी पुस्तक पसलको राखेको पुस्तक र कपीहरु पुर्णरुपले क्षति पुगेकोे,सागर ईन्टरप्राईजेजको १ सय ५० बोरा सिमेन्ट रुझेको,महेश एण्ड श्रवण किराना पसल गरि ३ वटा पसलमा क्षति पुरयाएको सुस्ता गाउँपालिकाको वडा न.१ को वडा कार्यालय सचिव रामकृष्ण पाण्डेले बताएका छन । 

आफुहरु डुबानमा पर्नुको कारण नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीलाई दोष दिएका छन । दोष दिनुको कारण हाल सम्म नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीले खोला सरसफाई गर्ने कार्यहरु नगरेको र खोलामा आउने पानीहरुको निकास पनि नराखेको हुनाले आफुहरु डुबानमा पर्न परेको सुस्ता गाउँपालिकाको स्थानियबासीहरुले आरोप पनि लगाएका छन । 

नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीको यस्तै चाला रहि रहने हो भने आफुहरु बर्षेनी यस्तै डुबानको पिडा खेप्नु पर्ने सुस्ता गाउँपालिका वडा न.१ बस्ने गंगाराम गुरौले बताएका छन । 

साथै यो समस्या तथा पिडाको समस्या समाधान गरिदिनको लागी सरोकारवाला निकायहरु संग स्थानियबासीहरुले आग्रह पनि गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो