५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

शिक्षा ऐन संसोधन हुँदै

१६ बैशाख २०७३, बिहीबार १७:११

प्रकाश बम । बैशाख १६, डोटी । शिक्षा ऐन २०२८ संसोधन हुने महिला बालबालिका, जेष्ठ नागरीक तथा समाज कल्याण समितिका सदस्य बद्रि पाण्डेले बताएका छन् । बालिका शिक्षा तथा लैङ्गिक सम विकास संजाल बिद्यालय लैङ्गिक सम्र्पक विन्दुहरुको बिहिवार सिलगढीमा आयोजित जिल्ला स्तरीय भेला तथा अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पाण्डेले शिक्षा ऐन २०२८ माथि संसोधन गर्न बनेको शिक्षा विधेक २०७३ ले काम गरी रहेको समेत बताए । अब बालशिक्षा देखि कक्षा ८ सम्मलाई आधारभुत शिक्षा र ९ देखि १२ कक्षा सम्मकोलाई माध्यमिक शिक्षा अबधारणा आउने समते पाण्डेले बताए । त्यस्तै अस्थायी शिक्षकको समस्या छिट्टै हल गर्न लागिरहेको उनले बताए । लामो समय देखि अस्थायिमा कार्यरत शिक्षकका लागि सरकारले सहुलियत पुर्ण अवकास दिने गरी शिक्षा ऐनमा संसोधन बिधेक तयार गरीएको छ । सरकारले गोल्डेन ह्यान्डचेक अथवा शिक्षक सेवा आयोगको परिक्षा दुई मध्ये एक रोज्न पाउने निति ल्याएको समेत सदस्य पाण्डेले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै सभासद तथा प्रारम्भिक बालबिकास समितिका सदस्य गोम कुँवले बिद्यायलमा छात्राका पिडा सामान्य जस्तो देखिए पनि भित्रि पिडा फरक रहेकाले यसमा सबैले गम्भिर हुनु पर्ने बताए । दुर्गम क्षेत्रमा आवासिय बिद्ययालयको खाँचोका साथै समान्तर बजेट प्रणालि हटाईनु पर्ने समते उनले बताए । उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय शिक्षा उप निर्देशक अनन्त कुमार पौडेलले शैक्षिक व्यस्थापनले महत्वपुर्ण भुमिका खेल्ने बताए । युनिसेफ शिक्षा परीयोजनाका पुरुषोत्तम आचार्यले डोटीमा सुझाव पेटीका आएका सुझावलाई सम्बोधन गर्ने तरीका,निरन्तरता र सुझाव संकलन गर्ने प्रक्रियाका बारेमा स्पष्ठ भएर निर्देशिका तयार गर्दा राम्रो हुने बताए । प्रत्यक बिद्यालयमा शिक्षिका फोकल प्रसन राख्ने कार्यले छात्राहरुलाई सहयोग पुग्ने शिक्षा बिभागका लैङ्गिक सम्र्पक ब्यक्ति वसन्त कोईराले बताए । अहिलेसम्म डोटीका ७१ वटा बिद्यालयमा फोकल प्रसन तोकिएको,५० वटा बिद्यालयमा गुनासो पेटीका राखिएको छ भने ३१ वटा बिद्यालयमा सुझाव पेटीकामा गुनासाहरु आएको जनाएको छ । जिल्लामा १ सय ५४ वटा गुनासा मध्ये शौचालय सम्बन्धि ३२ प्रतिशत त्यस्तै अन्य पठन पाठनमा बिभेद,बिद्यालय टाढा भयो, छात्रा दुव्र्यब्यबाहर, बिद्यालय टाढा, अभिभाबक बिभेद र खेलकुद सम्बन्धि समस्या सुझाव पेटीकामा देखिएको तथ्याङ्क सार्वजनिक गरीएको थियो । सुझाव पेटीमा आएका ७४ प्रतिशत समस्या बिद्यालयले नै समाधान गरेको समेत पाईएको छ । यस कार्यक्रममले बिद्यालयलाई निक्कै टेवा पुगेको राधा कृष्ण उमावि गोपघाटका प्राध्यानाध्यापक अर्जुन बलाएर बताए ।

उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रि,महिला तथा वालबालिकाका कार्यलयका महिला बिकास अधिकृत निर्मला दाहाल, क्षेत्रिय अनुगमन तथा सुपरीक्षण कार्यालयका दिपायलका ईन्जिनियर प्रकाश रावल र जिल्ला स्वास्थका कार्यलयका जनस्वास्थ निरीक्षक हरीश शाहले सम्बन्धि बिषयमा शिक्षा,महिला र वालबालिकाको अवस्था, खानेपानि र सरसफाई लगाएत स्वास्थका बारेमा सहभागिहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा श्रोत व्यक्ति, महिला शिक्षीका पत्रकार लगाएको सहभागिता रहेको कार्यक्रमको संचालन एजुकेशनल पेजेजका राजेन्द्र उपे्रतिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा