पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्ग"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनीलाई दर, माघवलाई सहयोग

२०७४, २२ श्रावण आईतवार ०२:२४

पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्गो हुदै गएको छ । संस्कार र परम्परालाई मनाउने नाउमा विकृति विंसंगती पनि देखा परिरहेका छन् । तीजका गितहरुमा पनि मौलिकता हराएका छन् । कतिपय ठाउँहरुमा तीज पर्वलाई पर्वका रुपमा मात्रै नभइ सद्भाव, सहयोग गरी अरुको दुखमा मलम लगाएर पनि मनाउने गरेको पाइन्छ । समाज परिर्वतनका लागि तीजलाई महङ्गो र भड्कीलो नभइ सहयोगी बनाउन जरुरी छ । यसैविच  सामाजिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दे आईरहेको सिसेफ महिला समुहले शनिबार दरखाने तथा सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाले एक कार्यक्रमको आयोजना गरी आफ्नै सभाहलमा जिल्लाका नव निर्वाचित महिला जनप्रतिनीधि तथा जिल्लामा बिभिन्न संघसंस्थामा आबद्ध महिला दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गराएर खुसी साटासाट गरी दर खुबाएको हो । सो अबसरमा गत साल गोरुले मारेर ढाडको नशा चुडिएर हिडडुल गर्ने नसक्ने कुश्मा नगरपालिका २ खुर्कोट निबासी माधब गिरीलाई सहयोग हस्तान्त्रण गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरु तथा अन्य सहयोगि मनहरुबाट संकलीत जिन्सी सामान तथा नगद गरी झण्डै ४० हजार मुल्य बराबरको सामाग्री माधब      गरीको श्रमिती पार्बती गिरीलाई हस्तान्त्रण गरिएको हो ।

Image may contain: 11 people, people smiling, people standing and people sitting

  कार्यक्रममा बोल्दै प्रमुख अतिथी फलेबास नगरपालिकाका नगर उपप्रमुख मञ्जु अधिकारीले महिला सशक्तिकरणको सन्देश वोकेको नेपालीहरुको महान् चाड तीजलाई महिला अधिकार र सशक्तिकरणको चाडका रुपमा मनाउनुपर्नेमा जोड दिइन् । 

उनले पछिल्लो समयमा तीजे भाकाका नाउमा रत्यौली र दोहरी गीत सँगै विकृति विसंगति भित्रिएको प्रति चिन्ता व्यक्त गर्दे कुसंस्कारलाई निरुसाहित गरि अव सुसंस्कारको बिकास गनुपर्ने समय आएको बताइन् । समाज परिर्वतनका लागि सिसेफ महिला समुहले तीज पर्वलाई खाने र रमाउने मात्रै नभइ सहयोग गर्ने जून भावनाको विकास गरेको छ त्यसको अनुसरण अन्य संघसंस्थाले समेत गर्नुपर्नेमा उनको जोड थियो । 

Image may contain: 4 people, people standing

दर खानेमात्रै होइन, सहयोगी बनौ र मनवता देखाऔ भन्ने उनको जोड थियो । कार्यक्रममा सहभागिहरुले चाडपर्वलाई तड्क भड्क नगरी अफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका थिए ।

कुस्मा नगरपालिका वडा ५ कि अध्यक्ष चित्रकला भारतीले सिसेफ समुहले संचालन गरेको सूचना केन्द्रलाई निरन्तर संचालन गर्न र प्रभावकारी बनाउको लागि आफूले सहयोग गर्ने बताइन् ।

उनले सिसेफले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्नको लागि जून कार्य गरेको छ त्यसको अनुसरण अरु संस्थालेपनि गर्नुपर्ने भन्दै आफूले ययमा वडा ५ को तर्फदेखि सहयोग गर्ने बताइन् । उनले निरन्तर सूचना प्रवाह र संकलन गर्नको लागि वडास्तरबाट आवश्यक बजेट विनियोजन गर्नको लागि पहल गर्ने बताइन ।

सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब कामना रेग्मीले गरेकी थिइन् ।

Image may contain: 13 people, people smiling, people standing

Image may contain: 7 people, people standing



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै