१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

२ बैशाख २०८२, मंगलवार २०:५१

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु ‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’ आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी राप्ती लोकमार्गको थप सडक स्तरवृद्धि हुँदै प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गर्यो परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने : धवलशमशेर राणा ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस देशभरको मौसम सफा रहने पूर्वानुमान अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा