उत्कृष्ट कुमाल विद्यार्थीहरुले पाय सम्मान सहित पुरस्कार

Posted on: 06 Aug, 2017

शम्भु कुमाल

साउन २२, काठमाण्डौँ । 

कुमाल विद्यार्थी समाजले २०७३ को एसईईमा उत्तिर्ण बिद्यार्थिलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । 

विद्यार्थीको शैक्षिक मनोबलमा टेवा पुुर्याउनका लागि आइतबार काठमाण्डौँमा देश भरका उत्कृष्ट ३४ विद्यार्थीलाई सम्मान पत्र र खादा लगाई सम्मान गरेको को हो । ४ जना उत्कृष्ट श्रेणी प्राप्त गर्नेहरु लमजुङकी सान्ती कुमाल जिपिए ३े.८५, अर्घाखाँचीकी अप्सरा मुखिया कुमाल जिपिए ३े.८०, तनहुकी सगुन कुमाल जिपिए ३े.८० र लमजुङकै सुस्मिता कुमाल जिपिए ३े.७० लाई ३ हजार प्रदान गरिएको थियो ।

कुमाल विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष नवीन मुखिया कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती थियो  माननीय नगेन्द्र कुमार कुमालको रहेको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव श्रुति कुमाल, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय अध्यक्ष दुजाङ सेर्पा, नेपाल कुमाल समाज सुधार समितिका महासचिव ठाकुर कुमाल, गणेश कुमाल, प्रदिप कुमाल, गणेश पाल्पालि, सम्भु कुमाल, सन्तोष कुमाल लगायतले आफ्नो मन्तव्य राखेका थिए । १ सय २० जनाको सहभागीता रहेको कार्यक्रमको सहजिकरण कुमाल विद्यार्थी समाजका केन्द्रीय सचिव सुरेश कुमालले गरेका थिए भने विभिन्न कलाकारहरुको पनि आआफ्नो प्रस्तुति रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!