१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कुमारवर्ती माई मन्दिर ओझेलमा किन पर्यो ?

२५ श्रावण २०७४, बुधबार ०४:०१

साउन २५, नवलपरासी । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ । 

थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार गर्नेतर्फ सरोकारवालाको उदाशिनताका कारण विकास हुन नसकेको हो । यस माईमा पूजा गरेमा रोगव्याधि नलाग्ने धार्मिक विश्वास छ । यहाँ व्यवस्थित मन्दिर, थारु जातिका लोप हुन लागेका विभिन्न संस्कृति संरक्षणको लागि संरक्षणस्थल बनाउने योजना रहेको छ । 

विसं २०६३ मा दर्ता गरिएको गुठीको ३ बिगाहा जमिन रहेको छ । गुठीअन्तर्गत रहेको माईको व्यवस्थित मन्दिरसमेत निर्माण गर्न नसकिएको स्थानीयको भनाइ रहेको छ । 

स्थानीयको पहुँच पु¥याउन नसक्दा स्थानीयस्तरमा निर्माण गरिएको योजनासमेत अलपत्र परेको गुनासो छ । वर्षको चारपटक पूजा गरिने यस माईमा विभिन्न स्थानबाट पूजा गर्नको लागि थारु समुदाय यहाँ आउने गरेका छन् । 

यस क्षेत्रका सरोकारवालाले यस क्षेत्रको समुचित विकासको लागि ध्यान दिन नसकेको स्थानीयको दुखेसो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता