साउन २७, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । 

झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । 

झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभ"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अझै केही दिन भारी वर्षा हुने, सबैलाई सतर्क रहन आग्रह

२०७४, २७ श्रावण शुक्रबार ०८:०९


साउन २७, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । 

झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले बताउनुभयो । 

“मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन, तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ”, उहाँले भन्नुभयो । 

जल तथा मौसम विज्ञान विभागले पनि बिहीबार विज्ञप्ति जारी गरी दुई दिन भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलको सेवा नियमित 

उपत्यका आसपासको आकाशमा बाक्लो कुइरो लाग्नुका साथै निरन्तर वर्षा भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नियमित भइरहेको विमानस्थलले जनाएको छ । 

बदली र वर्षा भए पनि विमानस्थलको सबै उडान यथावत रहेको र काठमाडौँ बाहिरका सबै विमानस्थलको सेवा पनि नियमित रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । 

यसवर्ष गत जेठ २९ (जुन १२) बाट नेपालमा मनसुन प्रवेश गरेको थियो । मनसुन आगामी भदौ अन्तिमसम्म जारी रहने महाशाखाको अनुमान छ । कमजोररुपमा प्रवेश भएको मनसुन सक्रिय भई देशभर फैलन लामो समय लागेको थियो । मनसुनी वर्षा पर्याप्त नहुँदा पूर्वी पहाडीलगायत क्षेत्रमा रोपाइँ गर्न समस्या भएको थियो । पश्चिमी भेगमा भने सामान्य वर्षा भइरहेको थियो । 

दुई दिनदेखि बदली र वर्षा भएपछि काठमाडौँको मौसममा परिवर्तन आएको छ । चर्को घाम लाग्ने र दैनिक ३० देखि ३१ डिग्रिसेल्सियसको हाराहारीमा रहँदै आएको उपत्यकाको आजको तापक्रम अधिकतम २६ र न्यूनतम २१ डिग्रिसेल्सियस छ । 

महाशाखाको विवरणअनुसार बितेको २४ घण्टामा काठमाडौँमा १९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी ताप्लेजुङमा ५२, धनकुटामा ५४, विराटनगरमा ५७, सिमरामा ८९, भैरहवामा ८५, पोखरामा ८९ र दिपायलमा छ मिलिमिटर वर्षा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ