कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन

Posted on: 11 Aug, 2017


शंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन भएको छ । 

कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकबाट वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन र कार्यपालिका सदस्य ठगबिर कामि सदस्य रहेको फोहोर व्यवस्थापन केन्द्र छनौट समिती गठन गरिएको हो ।

समितीलाइ बजार क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापन गरि स्वच्छ र सफा गाउँपालिका बनाउन उपयुक्त स्थानको छनौट, उक्त स्थानमा जग्गा प्राप्तीको प्रक्रिया तथा विधि र स्थायी फोहोर व्यवस्थापन केन्द्र स्थापना नहुन्जेल सम्मका लागी अस्थायी रुपमा फोहोर व्यवस्थापनका लागी शिफारिस गर्न १५ दिनको समय दिइएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनाएका छन् ।

साथै कपुरकोट बजारलाइ सफा, सुन्दर, शान्त र सुरक्षित बनाउनका लागी आवश्यक निर्णय लिनका लागी यहि आउँदो भदौको १ गते सरोकारवालाहरुको बैठक राखिएको पनि अध्यक्ष सेनले जनाएका छन् । कार्यपालिकाको बैठकले गाउँपालिका उपाध्यक्ष तिला बुढा संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हपिरलाल पुन र कार्यपालिका सदस्य भिमा बुढाथोकी सदस्य रहेको न्यायीक समिती पनि गठन गरेको छ ।

समितीले गाउँसमाजका सानातीना विवाद समाधान गर्नका लागी कार्यविधि नबने सम्म आफै कार्यविधि बनाएर लागू गर्ने छ । यस्तै गाउँटोलमा हुने विकास निर्माण र सरसफाइ अभियानमा सहयोग पु¥याउन प्रत्येक वडाहरुमा टोल विकास समिती गठन गर्न सम्बन्धीत वडा कार्यालयहरुलाइ निर्देशन दिने निर्णय भएको पनि कपुरकोट गाउँपालिकाका कार्यकारि अधिकृत रेमन्त डागीले जानकारि गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!