साउन २९, मुगु | चार वर्ष अघि पहिलो पटक महिनावारी हँदा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा डिलमाया विटालुले आफ्नो घरमा पनि भन्न सक्नु भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, मुगु | चार वर्ष अघि पहिलो पटक महिनावारी हँदा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा डिलमाया विटालुले आफ्नो घरमा पनि भन्न सक्नु भएको "/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिनावारी समययमा मानसिक तनावमा किशोरी

२९ श्रावण २०७४, आईतवार ०५:५३

साउन २९, मुगु | चार वर्ष अघि पहिलो पटक महिनावारी हँदा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा डिलमाया विटालुले आफ्नो घरमा पनि भन्न सक्नु भएको थिएन । पछि साथीहरुबाट घरमा थाहाभएपछि उहाँलाई गोठमा पठाएको पीडा अझै हटेको छैन । 

देवीदेवता रिसाउने डरले महिनावारी अर्थात स्थानीय भाषामा छाउ भएका बेला घर बस्नु हुँदैन भन्ने अलिखित नियमले किशोरी छात्राहरु मानसिक तनावमा हुने गरेको किशोरी छात्राहरु बताउने गरेका छन । महिनावारी भएकाले बेला अरुले थाहा पाउलान्, कतिपय अवस्थामा दुःखाइको पीडा जस्ता कारणले पढाइमा ध्यान नजाने र विद्यालय जानै मन नलाग्ने उनि हरु बताउँछन् । महिनावारी भएको समयमा छाउगोठमा बसुन्जेल डर लागिरहने भएकाले अरु केही गर्नै नसक्ने छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० वर्षिया सबिना हमालको पनी उस्तै गुनासो छ । छाउपडी प्रथाले प्रत्येक व्यक्तिदेखि समाजसम्मलाई असर परिरहेको हुन्छ । पछिल्लो समय कतिपयले यो थाहा पाएर पुरानो चलनलाई चुनौति दिंदै छाउगोठमा नजाने पनि गरिरहेका छन् । छाउपडी हटाउन तथा महिनावारी प्राकिृत प्रक्रिया हो भन्ने सन्देश दिन मुगुमा पनी बिभिन्न सघ सस्था लागीपरेका छन त्यस्तै कु प्रथाको न्युनिकरण गर्न हिमाली ग्रामाीण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगुले जिल्लाका ६ गाबिसमा काम गरीरहेको छ भने याक्सन वर्कले पनी मुगु मितिरी समुह गठन मार्फत छाउपडी न्युनिकरण गर्न जिल्लका ८ गाबिसमा काम गरीरहेको छ । 

जिल्लाका कतिपयले छाउगोठमा नजाने गर्न थालिसकेका छन् भने हिमाली ग्रामाीण युवा समाज बिकास केन्द हिरिष्डेकले दिईएको तालीम तथा जानकारी संगै छायाँनाथ रारा नगरपालीका भित्र रहेका .गाउँमा धामी झाँक्रीहरु नै छाउपडी गोठमा बस्न नहुने अभियानमा पनि छन् त्यस्तै जिल्लाको साविकाको रोवा गाबिसको वडा नं ७ शोभा गाउँ छाउगोठ मुक्तपनी भइसकेको छ । कतिपय जनप्रतिनिधिहरुले आफ्नो ठाउँलाई छाउगोठ मुक्त बनाउने घोषणा पनि गरेका कारण परिवर्तन हुँदै जाने अपेक्षा गर्न सकिन्छ । तर सघ सस्थाका कार्यक्रम डुब्लीकेशन भएर काम भएकाले यसमा केहि बाध सिजृना हुने जानकार हरुको भनाई छ । 

जिल्लाको सन्र्दभमा साबिकका २४ गाबिस छन छाउपडी न्युनिकरणका सन्र्दभमा कार्यक्रम हरु डुब्लीकेशन गरेका पाईन्छन यस्ता क्रियाकलापले समाजमा नराम्रो असर पार्ने भएकाले सहकार्य अथवा फरकफरक गाबिसमा काम गर्न सकिएमात्र कार्यक्रम गरेको प्रतिफल प्राप्त हुने स्थाानीयको भनाई छ । नत्त बालुमा पानी हाले जस्तै हुने देखिएका छन । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु