१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नवनियुक्त उपप्रधानमन्त्रि भिम रावल एक शब्दचित्र

२० कार्तिक २०७२, शुक्रबार ०७:५६

rawalवेदप्रकाश तिमिल्सैना, कात्तिक २०, अछाम/ नवनियुक्त उपप्रधानमन्त्रीमा भिम रावल एक शब्दचित्र नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्रीमा एमाले उपाध्यक्ष भिम रावल नियुक्त भएका छन् । अछाम क्षेत्र नं १ बाट सभासद रावललाई बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, सहरी विकास मन्त्रालयको जिम्मेवारी सहित उपप्रधामन्त्री नियुक्त गरेका हुन । उप प्रधानमन्त्रीको जिम्मेवारी पाउने रावल सुदूरपस्चिमको पहिलो नेता हुन ।

शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा संलग्न रावल अछामको कालाआममा वि.स. २०१२ सालमा जन्मिएका रावल अनेरास्ववियुमा आवद्ध भएर विद्यार्थी राजनीतिमा होमिएका थिए । अखिलका चर्चीत नेता रावल पञ्चायत विरुद्धको आन्दोलमा पनि सक्रिय रहेका थिए । चर्चीत विद्यार्थी नेता रहेका रावल २०३५ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेका थिए ।

२०४८ को आम निर्वाचनमा अछाम १ नम्वर निर्वाचन क्षेत्रमा पराजीत भएका रावल २०५१ को मध्यावती निर्वाचनमा विजयी भएका थिए । मनमोहन अधिकारी को नेतृत्वमा बनेको पहिलो बामपन्थी सरकारमा पर्यटन संस्कृती तथा नागरीक उडयन र विज्ञान तथा प्रविधी राज्यमन्त्री नियुक्त भएका थिए । २०६४ को संविधान सभा निर्वाचनमा समानुपातीक तर्फबाट सभासद भएका एमाले नेता रावल माधव कुमार नेपाल नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्न सफल भएका थिए ।

एकिकृत माओवादीले माधव नेपाल नेतृत्वको सरकारका विरद्ध गरेको आन्दोलनलाई शान्तिपूर्ण तरिकाले निस्तेज पारेर चर्चामा आएका थिए । प्रतिस्पर्धा र कठिन मानिएको २०७० को संविधान सभा निर्वाचनमा अछाम १ बाट ठुलो मत अन्तर र एमालेको नऔ महाअिधवेशनमा सबै भन्दा बढी लोकप्रिय मत ल्याएर उपाध्यक्ष विजयी भएपछि रावलको राजनितिक उचाइ थप चुलएिको छ ।

अन्तरीम संविधान बनाउनदेखि लडाकु समायोनसम्म सक्रिय रावल शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउने निकै सक्रिय रहेका रावल नेपालका संविधान २०७२ का मस्यौदाकार पनि हुन । राजनीतिका साथै पढाइमा पनि अव्वल रावल त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा विद्यावारीधी (पिएसडी) गर्दैछन । उनि राजनीति शास्त्रमा स्नातोकोत्तर र कानुनानमा स्नातक हुन । विद्यार्थी राजनीतिमा रहदा पत्रकारिता समेत गरेका रावलका विभिन्न पत्रपत्रिकामा प्रकासित लेख–रचनाहरु निकै पठनीय र चर्चित छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद