१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सडक ताल भएपछि राहत बितरण गर्न सकिएन

३० श्रावण २०७४, सोमबार १३:१९


मोहम्मद ईजहार शेष/साउन ३०, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ साविक भुजहवा गा.वि.स.का लागि प्रयाप्त राहत सामाग्रीको व्यवस्थापन गरिएपनि बाटो अभावका कारण विस्थापित परिवारहरूलाई वितरण गर्न सकिएको छैन । 

उक्त वडाका सडकहरूमा ३ फिटभन्दा बढि बाढीको पानी रहेकाले वितरण गर्नमा समस्या भएको वडाध्यक्ष हयात खानले बताउनुभयो । सो वडामा गएको १९ गतेको बाढी र अहिलेसम्म ३ सयभन्दा बढि घरधुरी विस्थापित भएका छन् भने हजारौं सर्वसाधारण भोकै बस्न बाध्य भएका छन् । 

साविक भुजहवाका ९ वटा गाउँहरूमा झरहीखोलाको बाढी पसेर ५ सय भन्दा बढि घरधुरीमा पानी पसेको छ भने करिब ३ सय कच्ची घर ध्वस्त भएका छन् । गाउँपालिकाले उक्त वडामा ५० बोरा चिउरा, चाउचाउ, दालमोट लगायतका राहत सामाग्री हस्तान्तरण गरेको हो ।


यस्तै बिस्थापीत परिवारका लाई कोईका संस्थाले १ सय ९५ वटा टेन्ट र चार सय थान झुल सहयोग गरेको छ भने बिभिन्न सहकारी संस्थाहरुले पनि राहत सामाग्री सहयोग गरेका छन् । तर बाढीले बाटो अवरुद्ध भएका कारण राहत बितरण गर्न सकिएको छैन । 

व्यवस्थापन गरिएको राहत सामाग्रीहरू नजिकै रहेको १ विद्यालयमा राखिएको छ भने भोलि गाउँको पानी कम भए बिहानैबाट राहत सामाग्री वितरण गर्ने वडाध्यक्ष खानले बताउनुभयो । 

यस्तै सरावल गाउँपालिका वडा नं. ४ मा पुर्याइएको राहत सामाग्री राजनितीक विवादका कारण वितरण गर्न नसकेर गाउँपालिकाको कार्यालय सरावलमा राखिएको छ । सो वडाका २० घरधुरी विस्थापित भएका छन् भने सयौं घरमा पानी पसेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु