१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको बबई नदीमा दुईजनाको शव भेटियो

३१ श्रावण २०७४, मंगलवार ०९:३५

साउन ३१, दाङ । दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ । 

आज बिहान स्थानीयले नदीको किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ । त्यस्तै दंगीशरण गाउँपालिका–६ स्थित बबई नदीको किनारामा पनि एक जना पुरुषको शव फेला परेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार शाहले जानकारी दिनुभएको छ । 

दुवै शवको पहिचान खुल्न सकेको छैन । बबई नदीले बगाएर त्यहाँ शव ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको बताएको छ । 

बाढीले पाइप बगाउँदा खानेपानीको संकट 

अविरल वर्षापछि बाढीले खानेपानीको पाइप बगाउँदा दाङमा खानेपानीको अभाव देखिएको छ । 

तुलसीपुर खानेपानी तथा सरसफाइ समितिअन्तर्गतका तीन हजार बढी उपभोक्ता पाँच दिनदेखि खानेपानीको अभावमा पिल्सिएका छन् । 

शुक्रबार राति आएको अविरल वर्षासँगै बाढीले खानेपानीको मुहान मूलकोट, पातुखोला र बेलुवाको पाइप बगाउँदा खानेपानीको अभाव देखिएको खानेपानी समितिका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभएको छ । तुलसीपुर, रक्षाचौर, मजुवा, बेलुवा, गणेशपुरलगायतका उपभोक्ता विगत पाँच दिनदेखि खानेपानीको अभाव भोगीरहेका छन् । 

खानेपानीको विकल्प नहुँदा उपभोक्ताले मिनरल वाटर तथा आकाशको पानी थापेर खान बाध्य भएका छन् । स्थानीय चन्द्रा वलीले भन्नुभयो “धारामा पानी नआएको पाँच दिन भइसक्यो आकाशको पानी खान बाध्य छौँ, अन्य खानेपानीको विकल्प छैन ।”

त्यसैगरी अन्य उपभोक्ताले भने आकाशको पानीले भान्साको गर्जो टार्ने र खानेपानीको लागि मिनिलर वाटर तथा ट्यांकरबाट पानी बोकाएर खान बाध्य भएको स्थानीय प्रकाश केसीले बताउनुभयो । 

त्यसैगरी विगत पाँच दिनदेखि पानी नआउँदा राप्ती आँखा अस्पतालमा समेत पानीको हाहाकार भएको छ । अस्पतालाम आउने बिरामीलाई ट्यांकरबाट बोकाएर खानेपानीको व्यवस्था मिलाएको लेखा प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’