२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ

२०८२, २९ बैशाख सोमबार १७:२०

काठमाडौँ । डाँका चोरीमा संलग्न रहेको अभियोगमा आठ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-२ घर भएका २४ वर्षीय अनिष केसी, सोही नगरपालिका-११ हर्कपुर घर भएका २५ वर्षीय दिप्सन भन्ने विवेक मल्ल ठकुरी, देवचुली नगरपालिका-१६ घर भएका २३ वर्षीय सन्दिप परियार, चितवन भरतपुर महानगरपालिका-१८ घर भएका २५ वर्षीय अतित क्षेत्री, सोही महानगरपालिका-११ घर भएका २४ वर्षीय सन्दिप विक, सोही महानगरपालिका-१० घर भएका २२ वर्षीय बादल तामाङ, काठमाडौं टोखा बस्ने लमजुङ घर भएकी १९ वर्षीया सक्रिया खान र काठमाडौं कपन बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएकी २४ वर्षीया कविता राई रहेका छन् ।

उनीहरूले युवती प्रयोग गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफू प्रहरी हुँ भनि पीडितहरूलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा विभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्की दिई बैंक खाता र ईसेवामा रकम पठाउन लगाई तथा नगदै रकम ३ लाख ६३ हजार रूपैयाँ समेत डाँका चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट नगद ५२ हजार रुपैयाँ र उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति