भदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल । 

आफ्नो बाल्यका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल । 

आफ्नो बाल्यका"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

को हुन नेपाल कुमाल समाज सुधारका महासचिव ? यस्तो छ जिवनी

२०७४, १ भाद्र बिहीबार १६:४२

भदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल । 

आफ्नो बाल्यकाल धादिङमै बिताएका कुमालले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरेका थिए । निलकण्ठ बहुमुखि क्यामपसबाट स्नातकसम्मको अध्ययन गरेका उनले प्राविधिक विषय सिएमए पनि अध्ययन गरेका छन् । 

प्राविधिक शिक्षा पढे पनि राजनितिमा लागेका कुमाल नेपाली कांग्रेस निकट नेता मानिन्छन् । उनी नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुन दलको निलकण्ठ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष समेत छन् । 

साथै युवाहरुको प्रतिनिधित्व गर्दै अगाडि बढेका उनी नेपाल कुमाल समाज सुधार समितिको महासचिव पनि छन् । हाल नेपाल भरका कुमालहरुको नेतृत्वदायि पदमा पुगेका उनी कुमाल जातिको उत्थान तथा विकासका लागि काम गरिरहेका छन् । यसै सन्दर्भमा कुमाल समाजमा उनको काम कर्तब्य र जिम्मेवारीका साथै उनको राजनितिक जिवनका बारेमा गरिएको कुराकानीको अंश ।

१. नेपाल कुमाल समाज सुधार समितिको महासचिव जस्तो पदमा हुनुहुन्छ, के कस्तो कामहरु गरि रहनु भएको छ ?

- कुमाल समाज सुधार समितिको महासचिव जस्तो पदमा छु । महासचिवले आफुले गनु पर्ने काम कर्तब्य र जिम्मेवारी बहन गरि राखेको छु । कुमाल जातिहरुको हक हित र अधिकारको लागि लडिरहेको छु । कुमाल जातिलाई राज्यको निर्णायक पंक्तिमा कसरी ल्याउन सकिन्छ भन्ने पक्षमा म लगायत मेरो संस्था सधैँ संघर्षरत छ । 

२. नेपाल कुमाल समाज सुधार समितिमा कसरि आवद्ध हुनु भयो? 

- पाँचौ राष्ट्रिय महाधिवेसन नवलपरासिको अरुण खोलामा भएको थियो, त्यस समय धादिङ जिल्लाले मलाई प्रतिनिधि रुपमा सिपारिस गरेर पठाएको थियो त्यस महाधिबेसनबाट केन्द्रिय सदस्य हुन सफल भए र आफनो जाति समाजको लागि केहि गर्नुपर्छ भन्ने मनमा एक किसिमको भावना जाग्यो र यस संस्थामा आवध भए ।

३. सि.एम.ए को विद्यार्थी तपाई जातिय संस्थामा किन आवद्ध हुनुभयो ? 

- म एउटा पिछडिएको समुदाएको व्यक्ति हुँ । म समाजमा नलाग्दै मेरो मनमा जे बुझाई थियो त्यो पढि रहे र स्वास्थ्यकर्मी बन्नुपर्छ भन्ने थियो र सि.एम.ए पास गरेर एक वर्ष जागिर पनि खाए र हाम्रो कुमाल समुदाय पछि परेको जाति यस जाति भित्र जहिले सम्म चेतन दिमाकले सबैलाई अगाडि बढाउन सकिदैन तब सम्म हाम्रो समुदाय कहिले अगाडि बढन् सक्दैन भन्ने कुरा मनमा लाग्यो अनि म आफनो जागिर छाडेर संस्थामा आबध भएको हुँ । 

४. जातिय संस्था समाज सेवा भन्दा पनि राजनिति गर्ने माध्यको रुपमा मानिन्छ,तपाई पनि त्यहि सोच लिएर लाग्नुभएको हो ?  

- कुमाल समुदाय बाट राजनिति अग्र मोर्चामा कोहि नभएकोले पाटिगत रुपमा पनि अगाडि बढनु पर्छ भन्ने लाग्छ मलाई त्यहि भएर नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुन दलको निलकण्ठ न.पा  वडा.न ८ अध्यक्ष समेत दिएको छ ।

५. तपाईको संस्थाले कुमालहरुको उथान्नको लागि के कस्तो कामहरु गरि राखेको छ?  

- हामी यस कुरामा नाम बाटै स्पष्ट हुन्छौँ र विभिन्न ठाँउमा छहरिएर रहेको कुमालहरुलाई एकै ठाँउमा आबध गराउन चाहन्छौ, हामिले समाज सुधार समिति नाम किन राखेको छौ भने हामि छहरिएर बसेका छउ र हाम्रो समाजले त्यसलाई एकैठाउँमा राखेर जातिय पहिचानको लागि अगाडि बढन् चाहन्छौँ । हाम्रो संथाको उद्देश्य पनि यहि हो । 

६. राज्यले कुमाल जातिको उपेक्षा गरेकै हो त ? 

- केहि मात्रामा गरेको पनि छ । तर पछिल्लो समय हामी अधिकारका लागि लडेपछि राज्य केहि सजग भएको छ । हाम्रो अधिकारहरु हामीले पाउने क्रममा छौँ तर पूर्णरुपमा पाईसकेको अवस्था भने होईन् । हामी पिछडिएको वर्गहरुलाइ खास राज्यबाट पाउनु पर्ने अधिकार सेवा सुविधाहरु नपाई राखेको अबस्था हो र पाउँनु पर्छ भन्ने माग सवल रुपमा उठाई राखेका छौँ । जब सम्म हाम्रो मागको सुनुवाई राज्यबाट हुँदैन तब सम्म हामी असन्तुष्ट रहिरनेछौँ । 

७. अन्तमा कुमाल समुदायको लागि तपाईको सन्देश के छ ? 

- अन्त्यमा म कुमाल आमा बुवा, दाजु भाई र दीदि बहिनिहरुलाई के भन्न चाहन्छु भने हामिले आफुले आफनो मुल्याङकन गर्न सकेका छैनउ नेपालमा धेरै किसिमको जातजाति बसछउ विभिन्न भासा भासि बोल्छउ आफनो सस्कृति छ त्यस भित्र पनि उत्किष्ट भाष सस्कृति भएको हाम्रो कुमाल समुदाय पनि हो त्यसलाई मुल्याङकन गर्न नसकेर पछि परेको जस्तो लाग्छ अरु सँग के छ भन्दा पनि म सँग के छ भनेर मैले पनि केहि गर्न सक्छु भने अगाडि बढयो भने हाम्रो पहिचान बचाउन सक्छौँ र हामि बाँच्न सक्छौँ भनेर अगाडि बढन अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै