६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

चोरी भएका ल्यापटप,१ वर्षपछि माटोमा पुरिएको अवस्थामा फेला

२ जेष्ठ २०८२, बिहीबार १२:०६

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप हराए । ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपलब्ध गराएको थियो ।

विद्यालयलाई हस्तान्तरण भएको केही समयमै अर्थात् ०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो । खोजीका क्रममा त्यतिबेला तीनवटा ल्यापटप मात्र भेटिए ।

हराएका आठवटा ल्यापटप फेला पार्न प्रहरी प्रशासन, विद्यालय प्रशासन र वडालाई एक वर्ष लाग्यो । बुधबार प्रहरी, शिक्षक र वडाअध्यक्षको टोलीले सोही वडाको पित्तोलुङ भन्ने स्थानमा ती ल्यापटप फेलापारेको हो । चोरी भएका आठवटा ल्यापटप एक वर्षपछि बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।

विद्यालयजस्तो पवित्र ठाउँबाट यस किसिमका सामुदायिक सम्पत्तिको चोरी हुनु निकै निन्दनीय र चिन्ताजनक विषय भएको उनको भनाइ छ । उक्त घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न र यस्ता अपराधीलाई संरक्षण नगर्न सरोकारवालालाई वनेमले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता