भदौ २, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका बाढीपिडितहरुलाई १५ दिन पुग्ने गरि राहत सामाग्री वितरण गरिएको छ । 

दुईपटक आएको ठुलो बाढीले य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका बाढीपिडितहरुलाई १५ दिन पुग्ने गरि राहत सामाग्री वितरण गरिएको छ । 

दुईपटक आएको ठुलो बाढीले य"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा ६ सय ११ घरधुरीलाई राहत वितरण

२ भाद्र २०७४, शुक्रबार १२:१२


भदौ २, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका बाढीपिडितहरुलाई १५ दिन पुग्ने गरि राहत सामाग्री वितरण गरिएको छ । 

दुईपटक आएको ठुलो बाढीले यस गाउँपालिका जनताहरु पिडित भएपछि गाउँपालिकाका ६ सय ११ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्रीहरु वितरण गरिएको हो । असल छिमेकी नेपाल, ईसाई समाज नवलपरासी, पोख्रेली ख्रिष्टियन समुदाय पोखराको संयुक्त आयोजनामा ति बाढी पिडितहरुलाई न्युनतम १५ दिन पुग्ने गरि ति खाद्यान्नहरु राहत राहत स्वरुप वितरण गरिएको हो ।

ति संस्थाहरुले बाढी पिडित घरपरिवारलाई २५ किलो चामल, ३ किलो दाल, १ किलो नुन, आधा किलो सोयबिन, १ लिटर खानेतेल, १ पिस, त्रिपाल, १ पिस कम्बल, ब्रस, पेष्ट, लुगा धुल्ने र नुहाउने साबुन, सेनेटरी प्याड लगायत १५ आईटम वितरण गरेका असल छिमेकी नेपालका जिल्ला संयोजक पुरन सोतीले बताए । 

बाढी पिडितहरुलाई वितरण गरिएको उक्त राहत सामाग्री ३३ लाख, ७९ हजार, ७ सय ३४ रुपिया बराबरको रहेको ति संस्थाले जनाएका छन् । जिल्लामा आएको ठुलो बाढीले स्थानिय जनताहरु पिडित भएपछि सहयोगका भावनाले ति संस्थाहरु मिलि रकम जुटाएर उक्त राहत सामाग्री वितरण गरेको ईसाई समाजका सचिव सुबाष ज्ञवालीले बताए । 

यसरी यि संस्थाहरुले मिलेर बाँडिरहेको राहत सामाग्री जिल्ला अरु प्रभावित क्ष्ोत्रमा पनि वितरण गरिने संस्थाका योजना रहेको ज्ञवालीले बताए । 

बाढीले गाउँपालिकामा १ सय ७७ घर पुर्णरुपमा भत्केर ध्वस्त भएको छ भने बाढीले हजार भन्दा बढि घर प्रभावित भएका छन् । गाउँपालिकाको वार्ड नंं १ मा १८९ घर परवारलाई राहत वितरण गरिएको हो भने  २ मा ४१, ३ मा ५८, ४ मा ३८, ५ मा ३० र ६ मा २ ५५ घरपरिवारलाई राहत वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु